• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भूउपयोग नीति आउनु स्वागतयोग्य : रेग्मी


  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले भूउपयोग नीति आउनु स्वागतयोग्य काम भएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय किसान सञ्जालको आयोजनामा २०८० मङ्सिर ११ गते सोमबार बागबजारस्थित हार्दिक होटलमा आयोजित एक अन्तरक्रियामा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘जति बेला जमिनमा भूमाफियाको बोलवाला थियो’ उहाँले भन्नुभयो– ‘त्यति बेला जमिनको वर्गीकरण गरी कृषि र वनक्षेत्रका भूमिमा घर बनाउन नपाउने गरी भूउपयोग नीति आउनु स्वागतयोग्य काम थियो ।’

    उहाँले भूउपयोग नीति नआउँदा भूमिको मनपरी प्रयोग भइरहेको स्मरण गर्न सहभागी सबैसित आग्रह गर्नुभयो । उहाँले भूउपयोगसम्बन्धी नीतिले त्यस्तो विकृतिमा थोरै भए पनि रोक लागेको बताउनुभयो ।

    राष्ट्रिय भूमि आयोगका सदस्यसमेत रहनुभएका रेग्मीले भूमि उपयोगको सवालमा नेपालमा अहिले पनि जडता रहेको धारणा राख्नुभयो ।

    ‘अहिले पनि हामी २०२१ सालको भूमि ऐनअनुसार भूमि समस्या समाधान गर्न खोजिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘२०२१ सालमा खोला भएको ठाउँमा अहिले बस्ती छ । हामीले अहिले २०८० सालमा आएर बस्तीमा खोला खोजिरहेका छौँ । यस्तो जडताले भूमिसमस्याको समाधान भइरहेको छैन ।’

    उहाँले भूमिसम्बन्धी ऐन तथा नियमावलीमा समयानुकूल संशोधनको आवश्यकता रहेको औल्याउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले भूमिहीनलाई जमिन दिने विषयमा थप सहयोगी ऐनकानुन आवश्यक रहेको बताउनुभयो ।

    ‘हामीले जब भूमिहीनलाई जमिन दिने कुरा गर्छौं’ भूमि आयोगको काम गरिरहँदाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो– ‘नापी विभाग र वन विभागका कर्मचारीहरू भन्नुहुन्छ, भूमि आयोगले व्यवस्था गरेको नियम हाम्रा विभागको नियमावलीमा नै छैनन् ।’

    उहाँले भूमि आयोगले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जमिन दिलाउनका लागि नापी विभाग र वन विभागका ऐनकानुन पनि संशोधन हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    अध्यक्ष रेग्मीले नीतिगत स्तरमा देखा परेका समस्यालाई सम्बोधन गर्न सम्बन्धित मन्त्रालयको पहलकदमीमा ऐनकानुन संशोधन गर्न सुझाव दिनुभयो ।

    जनस्तरबाट भूउपयोसम्बन्धी कानुन कार्यान्वयनमा देखा परेका समस्यालाई समाधान गर्न यस खालको कार्यक्रम आयोजना गरेको बताउँदै उहाँले भन्नुभयो– ‘अहिले यहाँ भूमि आयोगका सदस्य तथा कृषिक्षेत्रका विभिन्न सरोकारवालाले आआफ्ना क्षेत्रका समस्या राख्नुभयो । त्यसलाई राष्ट्रिय किसान सञ्जाल र राष्ट्रिय भूमि आयोगले सम्बन्धित मन्त्रालयमार्फत कानुन निर्माणको प्रक्रियासम्म पुर्‍याउनुपर्दछ ।’

    अन्तरक्रिया कार्यक्रमको शीर्षक थियो– “भूउपयोग नियमावलीको कार्यान्वयन र कृषि उत्पादन तथा उत्पादकत्वमा यसले पार्ने प्रभावबारे” । कार्यक्रमका उद्घाटन राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमका प्रतिनिधि राजाराम छत्कुली, भूमि आयोगका विभिन्न जिल्लाका प्रतिनिधि, विभिन्न किसान सङ्घसंस्थाका प्रतिनिधिले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा नापी विभागका उपमहानिर्देशक सुशीलकुमार डङ्गोल र विभिन्न किसान सङ्गठनको तर्फबाट राष्ट्रिय भूमि अधिकार मञ्चका संयोजक नरिराम लोहारले भूउपयोग नियमावलीको कार्यान्वयन र कृषि उत्पादन तथा उत्पादकत्वमा यसले पार्ने प्रभावाबारे अन्तर्गत रहेर स्लाइड सो प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा अप्फाका प्रतिनिधि अधिवक्ता रामप्रसाद भुसाल तथा विभिन्न किसान सङ्घसङ्गठनका प्रतिनिधिको आतिथ्य रहेको थियो ।

    किसान सञ्जालका महासचिव नहेन्द्र खड्काको अध्यक्षता तथा अखिल नेपाल युवा किसान सङ्घ (क्रान्तिकारी) का अध्यक्ष निर्दोष तिमिल्सिनाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राष्ट्रिय कृषक महासङ्घका उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.