• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार


  •   आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
  • गलकोट । बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो ।

    Advertisement

    द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने रङ्गरोगनपछि चिटिक्क भएको छ ।

    दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए ।

    दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट बनाउन थालिएको हो ।

    दरबार आकर्षणको केन्द्रको रुपमा विकास भइसकेपछि पर्यटकलाई लक्षित गरी आवासीय सुविधा सहितको रिसोर्टको काम पनि धमाधम चलिरहेको छ । दरबारमा रहेको पुरानो घर र गोठलाई मौलिक रुपमा पुनर्निर्माण गरिएको छ भने तत्कालीन मल्ल राजाले निर्माण गरेको पोखरीको समेत पुनर्निर्माण थालिएको छ ।

    गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको एक सय वर्षभन्दा पुरानो गलकोट दरबार घुम्न आउने पर्यटक बढेपछि मल्ल परिवारकै सक्रियतामा दरबारको पुनर्निर्माणसँगै साजसज्जा लगायतको काम धमाधम भइरहेको छ । तत्कालीन भरतबम मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेपछि उहाँकै पुस्ताले दरबारको संरक्षण थालिएको हो ।

    दरबार संरक्षणसँगै आम्दानीकोसमेत स्रोत बढाउन दरबारमा रिसोर्टको सुविधा थप गर्न थालेको तत्कालीन राजा भरतबम मल्लका नाती मञ्जेश बम मल्लले बताउनुभयो । मञ्जेशबम मल्ल, विजयबम मल्लसहित चारजना मिलेर गलकोट दरबार क्षेत्रलाई रिसोर्टमा परिणत गर्न थालिएको हो । विजयबम मल्लका अनुसार आगामी तीन महिनाभित्रै रिसोर्ट सञ्चालनमा ल्याउनेगरी धमाधम संरचना तयार भइरहेका छन् । दरबारमा फोटो खिच्ने स्थान, रुखमाथि कटेज, झुला, विद्युतीकरण लगायतको काम भइरहेको छ । दरबारमा रहेको बगँैचा, पानी पोखरी, कुवालगायत अन्य संरचनालाई समेत थप आर्कषक बनाउने कार्य भइरहेको छ ।

    गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा उलेख्य वृद्धि भएपछि दरबार क्षेत्रको संरक्षण, पुनर्निर्माणसहित आवसीय सुविधा सहितको रिसोर्ट बनाउन थालिएको गलकोट नगरपालिका–५ हरिचौरका वडाध्यक्ष तथा दरबार संरक्षणका अगुवा पवन हमालले जानकारी दिनुभयो । “द्वन्द्वकालमा मल्ल परिवार विस्थापित भएपछि जीर्ण बनेको थियो, अहिले जीर्ण दरबारलाई मर्मत सम्भार गरेर चिटिक्क पारेका छौँ, हाम्रो मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटक प्रर्वद्धन नै हो, दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्ने, दरबार घुम्न आउने पर्यटकलाई दरबारको ऐतिहासिक विषयवस्तु सहितको सूचना केन्द्र स्थापना गर्ने र दरबारमा आएका पर्यटकले यही खान बस्ने सुविधा मिलाउनका लागि पूर्वाधार थप गरेका हौँ,” हमालले भन्नुभयो, “अन्य दरबार वरपरका अन्य भौतिक संरचना परम्परागत, ढुङ्गाले छाएर बनाएका छौँ ।”

    हमालका अनुसार दरबार संरक्षणसँगै आन्तरिक पर्यटकबाट आम्दानी गर्ने र दरबारलाई दीर्घकालीन रुपमा पर्यटकीय केन्द्रका रुपमा बनाउन आर्थिक स्रोतसमेत आवश्यकपर्ने भएकाले रिसोर्ट निर्माण गर्न थालिएको हो ।

    हमालका अनुसार पहिलो चरणमा दरबार मर्मत र अन्य भौतिक संरचनामा रु ५० लाख खर्च अनुमान गरिएको छ । पर्यटकको आवश्यकताअनुसार पूर्वाधारमा क्रमश: लगानी बढाउने सोचमा रहेको हमालको भनाइ छ ।

    पर्यटन प्रबद्र्धनसँगै दरबार परिसरको जग्गामा कृषि गर्ने योजनासमेत उक्त युवा समूहमा छ । दरबार ९१ वर्ष पुरानो रहेको छ । दरबार परिसरमा नाति मन्जेश बम मल्लले माछापोखरी बनाएर विभिन्न प्रजातीका माछासमेत पाल्दै आउनुभएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ ।

    विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ल आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा मारिनुभएको थियो । विसं २०५९ वैशाखमा भएको हत्यासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गएपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो सममा नाति मन्जेश बम मल्लले दरबारको संरक्षणमा चासो दिएपछि स्थानीयवासीले सघाएका छन् । विसं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा भएका थिए ।

    विसं १९८९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडाँै र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् । दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार झण्डै पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.