• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गल्कोटमा गोरु नभएपछि थ्रेसर मेसिनबाट दाइँ


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • बागलुङबजार । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ गर्ने परम्परा हराउँदै जाने क्रममा थ्रेसर मेसिनबाट दाइँ हाल्न थालिएिको छ ।

    Advertisement

    केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसान पछिल्लो समयमा आधुनिक थ्रेसर मेसिन र ट्र्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् ।

    एक दसकअघि सम्म कात्तिक–मङ्सिरमा खेतका फाँटमा हलगोरुको सहायताबाटै दाइँ हाल्ने परम्परा भए पनि गोरु पाइन छाडेपछि थ्रेसर र ट्र्याक्टरको सहायताले दाइँ हाल्न थालिएको हो ।

    गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्र्याक्टरले खेत जोत्ने, थ्रेसरले धान चुट्न थालिएको बागलुङ नगरपालिका–४ कुँडेलेका किसान काशीनाथ शर्माले जानकारी दिनुभयो ।

    कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हराउँदै जान थालेको जनाउँदै उहाँले धेरै मात्रामा धान उत्पादन हुने कुडुँले फाँटमा ट्र्याक्टरको सहायताले खेत रोप्ने र ट्र्याक्टरले नै दाइँ हाल्ने बताउनुभयो । उहाँले धान भने परम्परागत तरिकाले नै चुट्ने गरिएको बताउनभयो ।

    थ्रेसर मेसिन, ट्र्याक्टर हलो, पावर टेलर र मिनिटेलर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए तापनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको भान हुने शर्माले बताउनुभयो ।

    दाइँको तयारीका लागि पाँच/सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठुलो गह्रो खुर्केर खलो बनाएर त्यसमा पाएसम्म गाईको गोबरले लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने प्रचलन अहिले सुन्न मात्रै पाइने बागलुङका स्थानीय किसान छायादत्त रेग्मीले बताउनुभयो ।

    उनीहरूका अनुसार खलोमा गोरु धपाउँदै, पराल माड्दै, धानको रास बनाएर त्यो धानलाई नाङ्लोले बत्ताउने, परालको भारी हाल्ने वा दाइँ गरिएकै स्थानमा पराल थन्क्याउने चलन रहेकोमा अहिले धान चुट्नासाथ ट्र्याक्टरले दाइँ हालेर ट्र्याक्टरमै राखेर घरमा पुर्‍याइने गरिन्छ ।

    अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महङ्गो भएकाले बागलुङका किसानले पराल दाइँ हाल्न र खेतबाट घरमा पुर्‍याउन ट्र्याक्टरकै प्रयोग बढी हुने गर्दछ ।

    गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन्, जसका कारण पहिले जस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

    ‘गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ, खर्च धेरै नै हुन्छ’ रेग्मीले भन्नुभयो– “ट्र्याक्टरले एकैपटक धेरै पराललाई दाइँ हालेर एक घण्टामै सक्छ । उपकरणको सहायताले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले ट्र्याक्टरको प्रयोग गर्दै आएका छन् । ’

    ठूला फाँटमा चारपाङ्ग्रे ट्र्याक्टरले खेत जोत्ने र साना तथा भिरालो खेतमा मिनि टेलर हलोको सहायताले खेत जोत्ने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार बागलुङमा पाँच हजार आठ सय ८३ हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । दस स्थानीय तह रहेको बागलुङमा बागलुङ, जैमिनी र गलकोट नगरपालिकासहित बडिगाड गाउँपालिकामा बढी धान उत्पादन हुने केन्द्रका बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो । (रासस)

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.