• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गल्कोटमा गोरु नभएपछि थ्रेसर मेसिनबाट दाइँ


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • बागलुङबजार । पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ गर्ने परम्परा हराउँदै जाने क्रममा थ्रेसर मेसिनबाट दाइँ हाल्न थालिएिको छ ।

    Advertisement

    केही वर्षअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका बागलुङ जिल्लाका अधिकांश किसान पछिल्लो समयमा आधुनिक थ्रेसर मेसिन र ट्र्याक्टरको सहायताबाट दाइँ हाल्न थालेका छन् ।

    एक दसकअघि सम्म कात्तिक–मङ्सिरमा खेतका फाँटमा हलगोरुको सहायताबाटै दाइँ हाल्ने परम्परा भए पनि गोरु पाइन छाडेपछि थ्रेसर र ट्र्याक्टरको सहायताले दाइँ हाल्न थालिएको हो ।

    गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्र्याक्टरले खेत जोत्ने, थ्रेसरले धान चुट्न थालिएको बागलुङ नगरपालिका–४ कुँडेलेका किसान काशीनाथ शर्माले जानकारी दिनुभयो ।

    कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हराउँदै जान थालेको जनाउँदै उहाँले धेरै मात्रामा धान उत्पादन हुने कुडुँले फाँटमा ट्र्याक्टरको सहायताले खेत रोप्ने र ट्र्याक्टरले नै दाइँ हाल्ने बताउनुभयो । उहाँले धान भने परम्परागत तरिकाले नै चुट्ने गरिएको बताउनभयो ।

    थ्रेसर मेसिन, ट्र्याक्टर हलो, पावर टेलर र मिनिटेलर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए तापनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको भान हुने शर्माले बताउनुभयो ।

    दाइँको तयारीका लागि पाँच/सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठुलो गह्रो खुर्केर खलो बनाएर त्यसमा पाएसम्म गाईको गोबरले लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने प्रचलन अहिले सुन्न मात्रै पाइने बागलुङका स्थानीय किसान छायादत्त रेग्मीले बताउनुभयो ।

    उनीहरूका अनुसार खलोमा गोरु धपाउँदै, पराल माड्दै, धानको रास बनाएर त्यो धानलाई नाङ्लोले बत्ताउने, परालको भारी हाल्ने वा दाइँ गरिएकै स्थानमा पराल थन्क्याउने चलन रहेकोमा अहिले धान चुट्नासाथ ट्र्याक्टरले दाइँ हालेर ट्र्याक्टरमै राखेर घरमा पुर्‍याइने गरिन्छ ।

    अहिले युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महङ्गो भएकाले बागलुङका किसानले पराल दाइँ हाल्न र खेतबाट घरमा पुर्‍याउन ट्र्याक्टरकै प्रयोग बढी हुने गर्दछ ।

    गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन्, जसका कारण पहिले जस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

    ‘गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ, खर्च धेरै नै हुन्छ’ रेग्मीले भन्नुभयो– “ट्र्याक्टरले एकैपटक धेरै पराललाई दाइँ हालेर एक घण्टामै सक्छ । उपकरणको सहायताले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने भएकाले पनि यहाँका अधिकांश किसान अहिले ट्र्याक्टरको प्रयोग गर्दै आएका छन् । ’

    ठूला फाँटमा चारपाङ्ग्रे ट्र्याक्टरले खेत जोत्ने र साना तथा भिरालो खेतमा मिनि टेलर हलोको सहायताले खेत जोत्ने गरेको पाइन्छ । कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार बागलुङमा पाँच हजार आठ सय ८३ हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । दस स्थानीय तह रहेको बागलुङमा बागलुङ, जैमिनी र गलकोट नगरपालिकासहित बडिगाड गाउँपालिकामा बढी धान उत्पादन हुने केन्द्रका बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो । (रासस)

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’
    नेप्से परिसूचक बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.