• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सशस्त्र प्रहरीद्वारा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरु


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु गरेको छ ।

    Advertisement

    मर्मतको सुरुआत २०८० कात्तिक १६ गते बिहीबार मधेस प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहको उपस्थितीमा धनुषास्थित नेपाल–भारत दसगजामा रहेको सीमास्तम्भबाट गरिएको हो ।

    सीमास्तम्भ मर्मतको सुरुआत गर्दै नायव महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमास्तम्भले सीमा सुरक्षाको जिम्मेवारीप्राप्त सशस्त्र प्रहरीलाई थप प्रभावकारी रूपमा सीमाको सुरक्षा गर्न सहज हुने र यसले सीमाको सुरक्षा मात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देशबिचको सम्बन्ध थप मजबुत बनाउन योगदान पुर्‍याउनेसमेत बताए ।

    उनले नेपाल सरकारबाट सशस्त्र प्रहरीलाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भइसकेकाले आगामी दिनमा निरन्तर मर्मत कार्य सुचार रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिको सहयोग अपरिहार्य रहेकोसमेत बताए ।

    उनले सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रका नागरिकको सहयोगबिना प्रभावकारी रूपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महसुस गरी सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम सुरु गरिसकेको र सोहीअन्तर्गत गत कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेस प्रदेशको भारतसँग जोडिएका एक सय ४३ वडाका अधिकांश वडाअध्यक्षसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावलाई कार्यान्वयन गर्ने चरणमा रहेकोसमेत जानकारी गराएका थिए ।

    नेपाल भारत “बाउन्ड्री वर्किङ गु्रप (बिडब्लुजी)’ को पाचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमास्तम्भमध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले र बिजोर नम्बरको सीमास्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो ।

    मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयअनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमस्तम्भ सशस्त्र प्रहरीलाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भएबमोजिम मर्मतको कार्य सुरु गरिएको हो । पहिलो चरणमा मधेस प्रदेशमा रहेका एक हजार भन्दा बढी सीमास्तम्भको मर्मत हुने छन् ।

    कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय सशस्त्र सीमा बलका डेपुटी कमान्डेन्ट सन्तोषकुमार निमोरिया, नापी विभागका अधिकृतलगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।

    त्यसैगरी, आजैबाट मधेस प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लामा समेत सीमास्तम्भको मर्मत सुरु गरिएको छ ।

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.