काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कनुभएको छ ।
Advertisement
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उहाँलाई त्यहीँ हृदयघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज २०८० कात्तिक ८ गते बुधबार स्वदेश फर्कनुभएको हो ।
यही अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बिआरएफ) मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयघात भएको थियो ।
उहाँको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।