शंकरप्रसाद पोख्रेल, बुटवल ।
रुपन्देहीको सैनामैनामा राष्ट्रिय जनमोर्चाले सदस्यता वितरण अभियान सुरु गरेको छ । शनिबार सैनमैना नगरपालिका वडा न. १ स्थित समाबेसी टोलमा एक कार्यक्रम गरी सदस्यता अभियान थालेको हो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतमले नयाँ सदस्यता वितरण गर्नुभएको थियो । त्यसक्रममा उहाँले राष्ट्रिय जनमोर्चा अब संगठन विस्तारका लागि नेपाली जनताको घर घर पुग्ने बताउनुभयो ।
कार्यक्रममा राजमो रूपन्देही जिल्ला सहसचिव लालबहादुर क्षेत्री, नेताहरु कुष्णबम मल्ल, हरि राहदी, कतार नेपाली एकता एकता समाजका केन्द्रीय सदस्य चेतनाथ बन्जाडेले मन्तव्य राख्नुभएको थियो ।
सदस्यता अभियानको सञ्चालन राजमो सैनामैना नगर सचिव विष्णु थापा क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रम अखिल नेपाल किसान संघ रूपन्देहीका सचिव जयश्वर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।