बागलुङ । राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकर्ता मदन कार्कीकी श्रीमती धनकुमारी कार्कीप्रति राजमोले श्रद्धाञ्जली अर्पण गरेको छ ।
Advertisement
काठेखोला–७ रेश निवासी धनकुमारीको यही असोज ९ गते ५५ वर्षको उमेरमा निधन भएको थियो ।
धनकुमारीको निधन भएको दशौं दिनमा राजमोले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा र जिल्ला सदस्य लक्ष्मण पुनले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य टिकासंगम विक, रीता खत्री कार्की, पालिका सल्लाहकार टंक पुन लगायतका नेता कार्याकर्ता तथा आफन्त र स्थानीयको उपस्थिति थियो ।