काठमाडौं । जातीय समता समाज, काठमाडौंको अध्यक्षमा काशिराम नेपाली चयन हुनुभएको छ ।
शनिबार राजधानीको बूढानीलकण्ठ, कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा भएको भेलाले नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
उपाध्यक्षमा रामअन्जान परियार, सचिव रामकुमार दर्जी (वियोगी) र कोषाध्यक्षमा राजेन्द्र विक चयन हुनुभएको छ ।
सदस्यहरुमा पूर्णकला विक, माधव बस्याल, जीवन नेपाली, बन्दना विक, मनिषा राई परियार र विशाल विक रहनुभएको छ । एक स्थान हाल रिक्त राखिएको छ ।
भेला पछि बसेको बैठकले काशिराम नेपाली, रामकुमार दर्जी (वियोगी) र राजेन्द्र विक रहेको तीन सदस्यीय सचिवालय गठन गरेको छ ।
भेलामा जातीय समता समाजका महासचिव भक्तबहादुर विकले शुभकामना दिनुभएको थियो ।
यस्तै, राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।