काठमाडौं । मोरङमा एक १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कृत भएकी छन् ।
Advertisement
ती किशोरीलाई धनखेतमा बोलाई ६ जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल र अर्का एक जना छन् ।
किशोरीले दिएको उजुरीका आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।