बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले बरेङ गाउँपालिका वडा नं. २ हुग्दिसिरमा वडास्तरीय प्रशिक्षण भेला सम्पनन गरेको छ।
राजमोका बागलुङका अध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यमा २०८० असोज ८ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
असोज ५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने विशेष सङ्गठनात्मक अभियानअन्तर्गतको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष थापाले मुलकको व्यापारघाटा बढ्दै जाँदा देश आर्थिक सङ्कटमा फसेको बताउनुभयो ।
‘त्यसैले अब मुलुकले सङ्घीयताको बोझ थेग्न सक्दैन’ उहाँले भन्नुभयो– ‘अब सङ्घीयता खारेजीको विकल्प छैन ।
कार्यक्रममा राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका अध्यक्ष पूर्णबहादुर पुनलगायतले प्रशिक्षण दिनुभएको थियोे ।
सो अवसरमा अखिल नेपाल युवक सङ्घ बागलुङका कोषाध्यक्ष दुर्गा थापा, राजमोका नेता घनबहादुर थापा, बरेङ कार्यपालिका सदस्य जमुना बिटालुलगायतको पनि आतिथ्य रहेको थियो ।
भेलाले टोल समिति निर्माणका साथै राजमोको सदस्यता वितरणको कार्यक्रम बनाएको प्राप्त समाचारमा उल्लेख छ ।

कार्यक्रम वडासमिति अध्यक्ष चित्रबहादुर श्रीसको अध्यक्षता, सचिव खुमराज शर्माको सञ्चालन र सदस्य टीकाराम शर्माको स्वागत मन्तव्यका साथ अगाडि बढेको थियोे ।