शङ्करप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाले ऐतिहासिक तीन अभियान कार्यक्रमअन्त्रगत रुपन्देही जिल्लामा सदस्यता अभियान र सङ्गठन निर्माणलाई तीव्रता दिएको छ ।

२०८० असोज ७ गते आइतबार मात्रै राजमोले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाका औपचारिक कार्यक्रमसँगै सदस्यता अभियानको सुरु गरेको हो ।

त्यस क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राजमोले सदस्य प्रदान गरेर कार्यक्रमको उद्घाटन गरिएको छ ।
मिनु थापाको अध्यक्षता, नगेन्द्रराज श्रीनेटको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली र राजमो जिल्ला सल्लाहकार रुकबहादुर पराजुलीले मन्तव्य राख्नुभएको थियो ।

सैनामैनामा पनि भव्य रूपमा सदस्यता वितरण अभियानको उद्घाटन गरिएको छ ।
राजमो जिल्ला अध्यक्ष टानबहादुर केसीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राजमो सैनामैना नगर अध्यक्ष रामबहादुर बस्याल, जिल्ला सल्लाहकार कृष्णबम मल्ल, राजमो जिल्ला सहसचिव लालबहादुर क्षेत्री, अखिल नेपाल महिला सङ्घ सैनामैना नगर सदस्य कल्पना मल्ल, अखिल नेपाल किसान महासङ्घ ९अप्फा० का जिल्ला सचिव जयश्वर रेग्मीलगायतले कार्यक्रममा आतिथ्यसहित मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।