बागलुङबजार । बागलुङको नारायणथानमा भीमादेवी खड्काको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका सुभचिन्तक हरिबहादुर खड्का र रमेश खड्काकी आमाको स्मरणमा बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थनमा २०८० असोज २ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न गरिएको हो ।

गत भदौ २६ गते निधन भएकोपछि आठौँ दिनमा आयोजित उक्त कार्यक्रममा राजमो जिल्ला अध्यक्ष तिलक थापा र जिल्ला सल्लाहाकार टेकबहादुर आर सीले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव सन्तोष पौडेल, राजमो जिल्ला सदस्यहरू आशा रोका र योगेन्द्र पौडेल, अखिल नेपाल किसान महाससङ्घ (अप्फा) बागलुङका सदस्य ढुण्डीराज पौडेल, राजमो वडा समितिका अध्यक्ष रामबहादुर खडका, सल्लाहकार लक्ष्मी नारायण श्रेष्ठ, बा.न.पा. कार्यपालिका सदस्य चूर्णबहादुर सुनार, वडा नां १४ का सदस्य दिलबहादुर हरिजन, चन्द्रा सुनार लगायत स्थानीय कार्यकर्ताले श्रद्धाञ्जली दिनुभएको थियोे ।
