काठमाडौं । सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिक (प्रतिजैविक प्रतिरोध) औषधि प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ।
औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरी प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि ती औषधिको प्रयोगलाई निरुत्सहित गरिएको जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि ती औषधि प्रयोगका लागि सिफारिस गरेको छैन।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठनबाट सूचिकृत सिफारिस नगरिएका तर, नेपालमा प्रयोग हुँदै आएका एक सय तीन प्रकारका एन्टीबायोटिकको प्रयोग गर्न आग्रह गरेका हुन्।
महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण, पैठारी र प्रयोग नगर्न नगराउन निर्देशन दिएको बताए।
यी हुन् प्रतिबन्धित औषधि


