बागलुङबजार । बरेङ गाउँपालिका बरेङमा राष्ट्रिय जनमोर्चाको आयोजनामा २०८० असोज १ गते सोमबार शोकसभा सम्पन्न भएको छ ।
बरेङ गाउँपालिकाका सल्लाहकार तथा बरेङ गाउँपालिका–१ का वडाअध्यक्ष नरसेङ पुनकी आमा पवित्रा पुनको भदौ ३१ गते मुटुरोगका कारण पोखरामा ८० वर्षको उमेरमा मृत्यु भएपछि शोकसभा गरिएको हो ।
स्मृतिशेष पुनको दाहसंस्कार दिन घाटमै उपस्थित भई राजमो गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर पुनले राजामोका झन्डा ओढाई मृतकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राजमो बागलुङले जिल्ला समितिको तर्फबाट, बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले गाउँपालिकाको तर्फबाट, गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोटका निमित्त सचिव प्रकाश चालिसेले वडा नं. १ को तर्फ बाट पनि स्मृतिशेष पुनलाई श्रद्धाञ्जली दिनुभएको थियो ।
मृतक पुनकी दुई छोरा र तीन बहिनी छोरी रहेका छन् भने कान्छा छोरा हाल बैदेसिक रोजगारको सिलसिलामा सउदी अरब नेपाली एकता समाजमा आबद्ध रहेका छन् ।