डा. गोविन्द आचार्य
बुढाबाको जन्मदिनमा केक काटिएछ ।
माझमुखबाट भन्छु कली बौलाएछ ।
बाल्नुपर्ने बत्ति पनि निभाए कि तिनले ।
केक खाँदा देशको नक्सा चपाए कि तिनले ।
देशको नक्सा कागज हो खाए भने छेर्लान् ।
भुल्ने रोग लाग्या भए सितनमसी मान्लान् ।
किन काटे केक तिनले नक्सा किन खाए ।
कहाँबाट केटाकेटी जुनी तिनले पाए ।
कहाँ हुन्छ केक बुढा हाडेओखरजस्तो ।
हतियारले नरम केक रिसले काटेजस्तो ।
मुर्ख बुढा कालिदास बस्या हाँगो काट्ने ।
बुढो भई खेर गा’को बालकजस्तो बन्ने ।
भैँसी बुढो भयो भने भीर खोज्छ भन्थे ।
मान्छे बुढो भयो भने निहुँ खोज्छ भन्थे ।
केक खान सक्छौ तिमी छेरुन्जेल खाऊ ।
हतियारले देश नकाट हातमा लाग्ला घाउ ।
कस्तो केक खायौ तिमी हतियारले काट्ने ।
बुढ्यौलीको रोगले होला अति साह«ो ढाँट्ने ।
केकमा बुढा भाङधतुरो मिसाइखायौ क्यार ।
देशको नक्सा काट्या भए तिमी गयौ खेर ।
केकसँग देश खाने कस्तो मुख तिम्रो ?
खन्चुवाको बुढोरुप क्यारी भन्नु राम्रो ।
राकसका दन्त्यकथा साँचो हुन आए ।
नपाउनेले केरा पाए बोक्रैसँग खाए ।
कोइबेलाको चोर पनि कोइबेलाको साधु ।
नखाइकन कहाँ छोड्छ काड्ने हातको मधु ।
बिरालोलाई हेर मान्छे बाघ उस्तै हुन्छ ।
बिरालोले म्याउ गर्छ घरभित्र पस्छ ।
घरभित्र पसे पनि मुसा मारी खाला ।
मुसा मार्ला भन्ठानेको छैन निको चाला ।
मुसा मारी खाला भन्दा कुँडेतिर हेर्छ ।
बिरालो त चट्की हो खेल अनेक खेल्छ ।
बिरालोका हात सिध्र्रा नासो भयो कहाँ ।
भन मान्छे चोर बिरालो साधु भयो कहाँ ।
केक पाउँदा नखाएर छोड्छु कोही भन्छ ।
छोड्छु भन्छ कोही भने साँच्चै मुर्ख बन्छ ।
तन बुढो भए पनि बानी बुढो हुन्न ।
कुँडे ताक्ने बिरालोले मुसा मारी खान्न ।
कुटुम्ब हो बिरालाको केक पायो खायो ।
केकमा नक्सा बनाएर देश पनि खायो ।
काट्टो खायो भनौँ भने देश म-या छैन ।
केक बनाई देशको नक्सा खानुप-या छैन ।
बिरालाका कुटुम्बको कस्तो छुचो बानी ।
जेमा पनि मुख हाल्ने बिरालाको बानी ।
म्याउ गर्ने बिरालो त हुन्छ झनै चोर ।
देश चिथोर्न नङ्ग्रा तिखा नजिकैको हो र ।
सुधारेको छैन बानी परीक्षण भयो ।
सुध्रिएर आउला भन्दा बुढो हुँदै गयो ।
कडा हड्डी टोक्न खोज्छ दात झरे पनि ।
देखावटी फुर्ती गर्छ बुढो भए पनि ।
जे पाए नि खाइहाल्ने सारै छुचो बानी ।
खानुसम्म हिजै खायो देशको नदीपानी ।
देशको नक्सा केक हैन बिरालोले खाने ।
कोही राम्रो नपाउँदा देश कता जाने ।
बिरालाको बानी भन्छ हातमा जे छन् बोक ।
देश राम्रो बनाउन नडराई ठोक ।
निराशालाई पखालेर सङ्गठित हुने ।
यै देशका बिराला हुन् हाम्रो सुख खाने ।
समयले भनिसक्यो सही बाटो लेऊ ।
धुरीबाट बिरालालाई तल झारिदेऊ ।
विगतमा अलच्छिन कालो बिरालोले ।
अझै साइत खराब गर्ला बुढो बिरालोले ।
समाजले रुचाउँदैन कालो बिरालोलाई ।
खराब हो नहेर भन्छ बुढो बिरालोलाई ।
ढाँटी खाने बिराला हुन् देशले नचाहेका ।
भित्र पस्न नपाएर बाहिर कराएका ।
बुढाको भर प-यौ भने हामी डुब्ने भयौँ ।
भ्रम पाली बाँच्यौं भने हामी खेर गयौँ ।