• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

केक खाँदा देशको नक्सा चपाए कि तिनले ?


  •   शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित
  • डा. गोविन्द आचार्य

    Advertisement

    बुढाबाको जन्मदिनमा केक काटिएछ ।
    माझमुखबाट भन्छु कली बौलाएछ ।
    बाल्नुपर्ने बत्ति पनि निभाए कि तिनले ।
    केक खाँदा देशको नक्सा चपाए कि तिनले ।

    देशको नक्सा कागज हो खाए भने छेर्लान् ।
    भुल्ने रोग लाग्या भए सितनमसी मान्लान् ।
    किन काटे केक तिनले नक्सा किन खाए ।
    कहाँबाट केटाकेटी जुनी तिनले पाए ।

    कहाँ हुन्छ केक बुढा हाडेओखरजस्तो ।
    हतियारले नरम केक रिसले काटेजस्तो ।
    मुर्ख बुढा कालिदास बस्या हाँगो काट्ने ।
    बुढो भई खेर गा’को बालकजस्तो बन्ने ।

    भैँसी बुढो भयो भने भीर खोज्छ भन्थे ।
    मान्छे बुढो भयो भने निहुँ खोज्छ भन्थे ।
    केक खान सक्छौ तिमी छेरुन्जेल खाऊ ।
    हतियारले देश नकाट हातमा लाग्ला घाउ ।

    कस्तो केक खायौ तिमी हतियारले काट्ने ।
    बुढ्यौलीको रोगले होला अति साह«ो ढाँट्ने ।
    केकमा बुढा भाङधतुरो मिसाइखायौ क्यार ।
    देशको नक्सा काट्या भए तिमी गयौ खेर ।

    केकसँग देश खाने कस्तो मुख तिम्रो ?
    खन्चुवाको बुढोरुप क्यारी भन्नु राम्रो ।
    राकसका दन्त्यकथा साँचो हुन आए ।
    नपाउनेले केरा पाए बोक्रैसँग खाए ।

    कोइबेलाको चोर पनि कोइबेलाको साधु ।
    नखाइकन कहाँ छोड्छ काड्ने हातको मधु ।
    बिरालोलाई हेर मान्छे बाघ उस्तै हुन्छ ।
    बिरालोले म्याउ गर्छ घरभित्र पस्छ ।

    घरभित्र पसे पनि मुसा मारी खाला ।
    मुसा मार्ला भन्ठानेको छैन निको चाला ।
    मुसा मारी खाला भन्दा कुँडेतिर हेर्छ ।
    बिरालो त चट्की हो खेल अनेक खेल्छ ।

    बिरालोका हात सिध्र्रा नासो भयो कहाँ ।
    भन मान्छे चोर बिरालो साधु भयो कहाँ ।
    केक पाउँदा नखाएर छोड्छु कोही भन्छ ।
    छोड्छु भन्छ कोही भने साँच्चै मुर्ख बन्छ ।

    तन बुढो भए पनि बानी बुढो हुन्न ।
    कुँडे ताक्ने बिरालोले मुसा मारी खान्न ।
    कुटुम्ब हो बिरालाको केक पायो खायो ।
    केकमा नक्सा बनाएर देश पनि खायो ।

    काट्टो खायो भनौँ भने देश म-या छैन ।
    केक बनाई देशको नक्सा खानुप-या छैन ।
    बिरालाका कुटुम्बको कस्तो छुचो बानी ।
    जेमा पनि मुख हाल्ने बिरालाको बानी ।

    म्याउ गर्ने बिरालो त हुन्छ झनै चोर ।
    देश चिथोर्न नङ्ग्रा तिखा नजिकैको हो र ।
    सुधारेको छैन बानी परीक्षण भयो ।
    सुध्रिएर आउला भन्दा बुढो हुँदै गयो ।

    कडा हड्डी टोक्न खोज्छ दात झरे पनि ।
    देखावटी फुर्ती गर्छ बुढो भए पनि ।
    जे पाए नि खाइहाल्ने सारै छुचो बानी ।
    खानुसम्म हिजै खायो देशको नदीपानी ।

    देशको नक्सा केक हैन बिरालोले खाने ।
    कोही राम्रो नपाउँदा देश कता जाने ।
    बिरालाको बानी भन्छ हातमा जे छन् बोक ।
    देश राम्रो बनाउन नडराई ठोक ।

    निराशालाई पखालेर सङ्गठित हुने ।
    यै देशका बिराला हुन् हाम्रो सुख खाने ।
    समयले भनिसक्यो सही बाटो लेऊ ।
    धुरीबाट बिरालालाई तल झारिदेऊ ।

    विगतमा अलच्छिन कालो बिरालोले ।
    अझै साइत खराब गर्ला बुढो बिरालोले ।
    समाजले रुचाउँदैन कालो बिरालोलाई ।
    खराब हो नहेर भन्छ बुढो बिरालोलाई ।

    ढाँटी खाने बिराला हुन् देशले नचाहेका ।
    भित्र पस्न नपाएर बाहिर कराएका ।
    बुढाको भर प-यौ भने हामी डुब्ने भयौँ ।
    भ्रम पाली बाँच्यौं भने हामी खेर गयौँ ।

    शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.