ललितपुर । क्यान्सर विजेताहरूलाई विभिन्न हौसला प्रदान गर्दै आइरहेको नेपाल क्यान्सर सर्भाइबर सोसाइटीले तिज पर्वको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
२०८० भदौ १८ गते सोमबार ललितपुरको कुमारीपाटीमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
सोसाइटीकी अध्यक्ष प्रमिता खनालका अनुसार तिजका गीतमा छमछमी नाच्दै रमाइलो गर्दा पनि विभिन्न मानसिक तनावबाट धेरै राहत प्राप्त हुन्छ ।
१०० जना सर्भाइबरको सहभागितामा यस प्रकारको मनोरन्जनात्क कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी गराउनुभएको छ ।
