नवलपरासी । राष्ट्रिय जनमोर्चा विनयी त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भेलाले रनबहादुर रिजालको अध्यक्षतामा ११ सदस्यीय गाउँ पालिका समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा मुक्तिराम ढकाल, सचिव खेमबहादुर राहु मगर, कोषाध्यक्ष मधु राना रहनुभएको छ । सदस्यहरुमा नरबहादुर विक, रामबहादुर विक, मनबहादुर विक गिरी, कृष्ण अर्याल, भक्तिराम ढकाल, दुर्गा क्षेत्री तथा लालबहादुर विक चयन हुनु भएको छ ।
राजमो नवलपुरका उपाध्यक्ष बिकाराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का कार्यवाहक महासचिव सालिकराम सापकोटा , राजमो राष्ट्रिय परिषद सदस्य चन्द्र सापकोटा, जातीय समता समाजका केन्द्रीय सदस्य रनबहादुर रिजाल र छिमेकी नगरपालिका रामप्रसाद पोख्रेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नरबहादुर विक र सञ्चालन रामबहादुर विकले गर्नुभएको थियो ।