काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा छलफल हुने दाबी गर्नुभएको छ ।
Advertisement
पार्टी केन्द्रीय कार्यालयमा २०८० भदौ १५ गते शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
‘चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटनीतिक पहलकदमी बढाउनुपर्छ’ प्रवक्ता सापकोटाले भन्नुभयो– ‘प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।’
नक्सा जस्तो महत्त्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उहाँको भनाइ थियो ।