पोखरा । कास्की जिल्ला पोखरा उपमनपाअन्तर्गत रामबजारमा राष्ट्रिय जनमोर्चाको एरिया भेला सम्पन्न भएको छ ।
राजमो गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालको प्रमुख आतिथ्यमा २०८० भदौ १५ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथि राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल तथा अन्य अतिथिहरूमा अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव ढाकाराम पौडेल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घघ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगर, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य देविकला विक र अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष टेकबहादुर थापा हुनुहुन्थ्यो ।

भेलाले देविलाल कँडेल अध्यक्ष रहनुभएको राजमोको रामबजार एरिया समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा देविकला विक, सचिवमा डम्बर थापा, सहसचिवमा गणेश पौडेल र कोषाध्यक्षमा नामबहादुर बाठामगर रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा पदम कार्की, प्रेम विक, नितेश पोख्रेल, शुष्मा थापा, पार्वती बस्नेत, यामादेवी पौडेल, हीरालाल श्रेष्ठ, बद्रि पौडेल, शोभा रोका र सीता शर्मा रहनुभएको छ ।
भेलाले सन्तोष पौडेल, हरिबहादुर खत्री, गिरबहादुर कुँवर, टेकबहादुर थापा, धनबहादुर थापा, दीपक पौडेल र जमुना खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलाको अध्यक्षता देविलाल कँडेलले तथा सञ्चालन हरिबहादुर खत्रीले गर्नुभएको थियो ।
