काठमाडौं । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
Advertisement
जंगलबाट ल्याएको च्याउनको तरकारी खाँदा जयपृथ्वी नगरपालिका ६ नौराका लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र उनका दाजु ११ वर्षीय सुदीपको मृत्यु भएको हो।
सँगै तरकारी खाएकी बालबालिकाकी आमा बिरामी छिन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
गएको मंगलबार पुनी कठायतले नजिकैको लेकाली जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर बालबालिकालाई खुवाएकी र आफूले खाएकी थिइन्।
घरमुली लक्ष्मण र उनकी ठूली छोरी भने घर बाहिर भएकाले विषालु च्याउको तरकारी खानबाट जोगिएका प्रहरीले जनाएको छ।
विषालु च्याउनको तरकारी खाएपछि बिरामी परेका बालबालिकालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।