काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको छ।
उनलाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक सिगरेट ९भेप० भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग सयौँ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।
भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्।
महरापुत्र राहुलले सुन तस्करसँग फोन संवाद भएको स्वीकारे, तर तस्करीमा संलग्न नभएको जिकिर
६० किलो सुन प्रकरणमा फरार किशोर बस्नेत पक्राउ
यता, राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणका आरोपी किशोर बस्नेत पक्राउ परेका छन्। अरु पक्राउ परेपछि भारत भागेका बस्नेतलाई सीआईबीले भारतबाटै पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
राजश्व अनुसन्धान विभागले सुन बरामद गर्नासाथ बस्नेत खोजिको सूचिमा थिए। तर उनी भागेर भारत पुगेका थिए।
यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। त्यसमध्ये ७ जना चिनियाँ नागरिक छन्।