शंकरप्रसाद पोख्रेल, बुटवल ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
Advertisement
राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, नेकपा (मसाल) गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर र राजमो गुल्मी जिल्ला सदस्य सूर्य थापाले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता तारा जिसि, सञ्चालन प्रकाश जिसि र स्वागत असोक विकले गर्नुभएको थियो ।
नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानबारे राजमो गुल्मीले जिल्लाका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।