कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्साहामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न भेलाले अर्जुन विष्टको अध्यक्षतामा वडा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा केशव कुँवर, सचिव पदम कुँवर, सहसचिव जानकी महरा र कोषाध्यक्षमा गौरी लुहार रहनुभएको छ ।
सदस्यहरुमा चम्मा राना, महादेव पन्त, मानबहादुर कार्की, लक्ष्मी विष्ट चयन हुनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।
राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीको आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला सदस्य वीरबहादुर बोहरा र नगर अध्यक्ष टुङ्गे बोहराको विशेष उपस्थिती रहेको थियो ।
यसअघि शुक्लाफाँटाकै वडा नं १२ मा पनि राजमोले भेला सम्पन्न गरिसकेको छ ।
आगामी भदौ २५ र २६ गते बेलौरीमा हुने जिल्ला सम्मेलन तयारको शिलशिलामा राजमोले जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा भेला, सम्मेलन गरिरहेको छ ।
राजमो महेन्द्रनगर नगर समितिको अध्यक्षमा मञ्जु परियार
राजमो बेलौरी नगर अध्यक्षमा रङबहादुर चौधरी
कञ्चनपुरको शुक्लाफाँटा १२ मा राजमोको संगठन विस्तार
राजमो कैलाली-कञ्चनपुरको सम्मेलन तयारी तीब्र, अध्यक्ष केसीले उद्घाटन गर्ने