कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाको सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको तेस्रो नगर सम्मेलनले रङबहादुर चौधरीको अध्यक्षतामा पाँच सल्लाहकारसहित २० सदस्यीय समिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा लक्ष्मी चौधरी, सचिव वीरेन्द्र हमाल, सहसचिव गीता नेपाली र कोषाध्यक्षमा गोपाल चौधरी चयन हुनुभएको छ ।
सदस्यहरुमा रुपसिंह चौधरी, रामबहादुर विक, शेरबहादुर चौधरी, भजनी राना, कलावती चौधरी, सुस्मिता चौधरी र विनोद चौधरी र बाबुराम चौधरी रहनुभएको छ भने दुई स्थान हाल रिक्त राखिएको छ ।

सम्मेलनले तारादेवी चौधरी, अन्तराम चौधरी, रामलाल चौधरी, सुशिला नेपाली र रनी भाटलाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलनको उद्घाटन राजमो सुदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष राम बहादुर कार्की, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष रमा नेपाली, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य तारामणि न्यौपाने, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य बन्धुराम बडायक र अखिल नेपाल जनजाती संघका जिल्ला अध्यक्ष राजकुमार चौधरीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
रामलाल चौधरीको अध्यक्षतामा सम्पन्न सम्मेलनको सन्चालन रङबहादुर चौधरी र स्वागत लक्ष्मी चौधरीले गर्नु भएको थियो ।
राजमो कञ्चनपुरको जिल्ला सम्मेलन भदौं २५ र २६ गते बेलौरीमै हुने भएको छ । सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्ने कार्यक्रम छ ।