खिमराज चालिसे ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढले नगर समितिका संस्थापक सदस्य एवम् जनजाति नेता रामबहादुर पुनको श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।
अगस्त १०, २०२३ बिहीबारका दिन सम्पन्न उक्त कार्यक्रममा सर्वप्रथम स्मृतिशेष पुनलाई स्मरण गर्दै दुई मिनट मौनधारण गरिएको थियो । त्यससँगै उहाँको फोटोमा फूलमाला र अबिर श्रद्धान्जली दिइएको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मूल प्रवाहका सचिवालय सदस्य धनवीर पुनले स्मृतिशेष पुन अविचलित, जुझारु, दह्रो सङ्गठनात्मक सिद्धान्तको पालना गर्ने, पाएको जिम्मा सधैँ निभाउने, जनताका समस्या बुझ्ने, कार्यकर्ताको समग्र मूल्याङ्कन गर्ने जस्ता बहुप्रतिभासहितको भएको बताउनुभयो ।
कार्यक्रममा शोकमन्तव्य राख्ने अन्य वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, तिलक पौड्याल, नेपाली समाचारका संयोजक तथा मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, परिषद् सदस्य थमन थापा, रक्तिम विभागका बिनु नेपाली, समता विभागका दुर्गा विक, महिला नगर संयोजक माया आचार्य, सदस्य कुमारी थापा, जनजाति विभागका प्रेम गुरुङ, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विष्णु बेलबासे, खेल विभागका पुरन थापा, रामबहादुर खड्का, अनिल थापा, रोमबहादुर विकलगायत हुनुहुन्थ्यो।
नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा नगर सचिव तेजबहादुर रोकाको सञ्चालनमा उक्त शोकसभा सम्पन्न भएको थियो ।
