• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पातले छाँगोको व्यवस्थापनमा महानगरको चासो


  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
  • लेखनाथ । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् ।

    Advertisement

    पोखरा–१७ मा अवस्थित पातले छाँगो पर्यटकका लागि पर्यटकीय गन्तव्य मात्रै भए पनि यो त्यतिमा मात्रै सीमित छैन । पर्यटकबाट हुने मुख्य आम्दानी यसको संरक्षण र विकासका साथै छोरेपाटन माध्यमिक विद्यालय सञ्चालनमा खर्च हुने गरेको छ ।

    पातले छाँगाको कुल आम्दानीमध्ये ४० प्रतिशत व्यवस्थापनका लागि खर्च हुने गरेको छ भने बाँकी ६० प्रतिशत विद्यालयका शिक्षकको तलब, शैक्षिक तथा भौतिक विकासका लागि खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

    पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक रु २५ लाख विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार एक सय १२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् । बाँकी सबै ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको छ । जसको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको छ ।

    भुसालका अनुसार पातले छाँगामा प्रवेश शुल्कवापत वार्षिक रु तीन करोडभन्दा बढी सङ्कलन हुन्छ भने सटर भाडावापत वार्षिक रु एक करोड ५० लाख आम्दानी हुने गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाएपछि बचत भएको रकम छाँगाको संरक्षण तथा सम्बद्र्धनका लागि विकासमा खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

    विसं २०३५ देखि उक्त सामुदायिक विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको छ । ‘विद्यालयमा दुई हजार तीन सयभन्दा वढी विद्यार्थी अध्ययनरत छन्’, अध्यक्ष पहारीले भन्नुभयो, ‘जसमध्ये उच्च माविमा करिब पाँच सय विद्यार्थी छन् ।’ यहाँ कक्षा १ देखि ८ सम्म नि:शुल्क अध्यापन हुन्छ भने कक्षा ९ र १० का लागि मासिक रु एक सय लिने गरिएको अध्यक्ष पहारीले जानकारी दिनुभयो ।

    गएको ४० वर्षदेखि यसैगरी विद्यालयको व्यवस्थापनमा सघाउँदै आएको पातले छाँगाको आम्दानीमा अहिले आएर पोखरा महानरपालिकाको आँखा लागेको छ । ‘महानगरले आफ्नो मातहतमा ल्याएर निजी क्षेत्रलाई पातले छाँगो ठेक्का दिने योजना बनाएकाले विद्यालय व्यवस्थापनलाई पातले छाँगाको व्यवस्थापन छाड्न दबाब दिँदै आएको छ, अध्यक्ष पहारीले भन्नुभयो ।

    कूल १२ रोपनी क्षेत्रफलमा फैलिएको यस पर्यटकीयस्थलमा आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकको अत्यधिक चाप हुने गरेको पातले छाँगोमा टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ । यहाँ पर्यटकका लागि विद्यार्थीका लागि छुटसहित रु २०, नेपाली नागरिकका लागि रु ४०, भारतीयलाई रु ८० र तेस्रो मुलुकका नागरिकलाई एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

    पोखरा –१७ छोरेपाटनस्थित पातले छाँगोले वर्षादको समयमा पर्यटकलाई झनै लोभ्याउने गर्छ । जमिनको सतहभन्दा तल अर्को पर्यटकीय स्थल गुप्तेश्वर गुफातर्फ झर्ने यो छाँगोलाई गुफाको भित्री भागबाट समेत देख्न सकिन्छ ।

    हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो ।

    पातले छाँगो र गुप्तेश्वर गुफा नजिकै पुम्दीमा शान्ति स्तुप र हालै ठूलो आकारको शिव मूर्ति निर्माणसँगै त्यस क्षेत्रमा पुग्ने पर्यटक पनि यहाँ आउने गरेका छन् ।

    कोरोना महामारीपछि छाँगो अवलोकन गर्नेको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको जानकारी पातले छाँगो स्थित टिकट काउन्टरका कर्मचारी रेशम खड्काले दिनुभयो । यतिबेला छाँगो अवलोकन गर्न आउने नेपाली र भारतीय पर्यटक बढी हुने गरेको उहाँको भनाइ छ ।

    डेभी नाम गरेकी एक स्वीस पर्यटक सन् १९६१ मा यस छाँगोबाट खसेर बेपत्ता भएपछि उनको नाममा यसको नाम ‘डेभिज फल्स’ रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र एक सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ । विशेष गरी जेठदेखि असोज महिनासम्म छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरपरका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्रिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोषाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।

    शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न
    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • २.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ७.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ८.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.