काठमाडौं । भारतको धौलिगंगा बाँध पुनः खोलिएको छ । उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको हो।
Advertisement
धौलीगंगाको बाँध खोलेसँगै महाकाली नदीमा जलस्तर बढ्नसक्ने भएकाले सतर्कता अपनाउन प्रशासनले सुझाव दिएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि धौलीगंगा बाँध खोलिएकोले सतर्कता अपनाउन आग्रह गरेको हो।
सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए।
यसअघि गत असार २६ गते परियोजनाको बाँध खोलिएको थियो।