काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका छ किसान सङ्गठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी तथा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सल्लाहकार सीता दाहालको निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपालको राजनीतिक परिवर्तन र वर्गीय मुक्तिको सङ्घर्षमा सीता दाहालले अविस्मरणीय भूमिका खेलेको भन्दै उनीहरूले श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको हुन् ।
शोकवक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।
