नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ पिसपार्क टोलमा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार भएको छ ।
Advertisement
दलितवस्तीका रुपमा रहेको सो टोलमा शनिबार भएको भेलाले राजमोको समिति गठन गरेको हो ।
टोल समितिको अध्यक्षमा विष्णु विक, उपाध्यक्ष गोपी परियार, सचिव प्रेम प्रसाद चापागाई र कोषाध्यक्षमा मिना विक चयन हुनुभएको छ ।
सदस्यहरुमा देवी विक, शान्ति परियार, विवेक दर्जी, लालुकुमार परियार, अस्मिता परियार र बिनीता परियार रहनुभएको छ ।
भेलामा राजमो नेता चन्द्र सापकोटाले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेता माधव पौडेलको समेत उपस्थिती रहेको थियो ।