• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

स्वाभिमान (लघुकथा)


  •   शनिबार, असार ३०, २०८० मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##

    Advertisement

    जेठ महिनाको गर्र्मी खपिसक्नु थिएन । स्वामीको रुखमुनि चिसो हावा चलेकाले जमिन्दार कृष्णलाल र हवल्दार श्यामसुन्दर पुन चौतारीमा बसेर गफगाफ गर्दै थिए ।

    कृष्णलाल एक्लो छोरा सम्पत्तिको लेखाजोखा नै छैन । आँखाले देखेर नभ्याइने जग्गा छ । जमिन्दार बाउबाजेको सम्पत्ति आफूले सुको कमाउनुपरेको छैन ।

    गफैगफमा श्यामसुन्दरसँग भने– “हेर श्यामे, सम्पत्ति त मेरो लथालिङ्ग छ । मेरा दुईतीन पुस्तालाई पुग्ने छ । कामधन्दा नगरी खान पुग्छ ।”

    उनको कुरा सुनेर श्यामेले भने– “हो त नि साहु बा । अब केही आफू अमर हुने राम्रो काम गर्नुस् । सम्पति जति पनि छ ।”

    कृष्णलालले भने– “धर्मकर्म गरँे† मठमन्दिर बनाएँ† तीर्थ गएँ† अरू के असल काम हुन्छ र श्यामे ? म अमर हुन्छु भनेर महान् हुने काम गरेको छु ।”

    उनको कुरा सुनेर श्यामेले भने– “ती मूर्तिमा पैसा चढाएर मूर्ति र मन्दिरमा ढोग्दैमा अमर भइँदैन साहु बा, अरू समाजसेवामा लाग्नुस् ।“मैले मन्दिरबाहिर बसेर भिक माग्नेलाई कतिपटक खानेकुरा दिएको छु । हजुरभन्दा त मै महान् छु ।”

    श्यामको कुरा सुनेर जमिन्दारलाई श्यामेलाई जित्ने काम गर्न मन लाग्यो र सोच्यो : आउने शनिबार गाउँभरिका दु:खीगरिबलाई बोलाएर घरमा खाना खुवाउने र आफू अमर हुने योजना बनायो । दुवै जना उठेर आफ्नो आफ्नो घर गए ।

    शनिबारको दिन गाउँले सबै भतेर खान जम्मा भए । मिठा मिठा परिकार पकाइएको थियो । आउने, जाने, खाने मान्छेको घुइँचो थियो । सबै खुसी थिए । यो दृश्य देखेर कृष्णलाल निकै खुसी भए । आफूले ठुलो काम गरेको महसुस गरेका थिए ।

    अलि पर त्यस्तो गर्मी याममा एउटा किसानले खेत जोतिरहेको देख्यो । त्यो व्यक्ति आफ्नो घरमा खाना खान नआएको देखेर अचम्म पर्‍यो र आफ्नो मान्छेलाई बोलाउन पठायो तर किसान जान मानेन । नोकर एक्लै फर्केको देखेर जमिन्दार छक्क परे ।

    “खै त ? त्यो व्यक्ति किन आएन ?” उनले सोधे ।

    “खै हजुर ? आउन मानेन” नोकरले जवाफ दिए ।

    नोकरले बोलाउँदा यस्तो गर्मीमा खेत जोतिरहेको छ तर पनि खान नआएको सुनेर जमिन्दार आफै बोलाउन गए । खेत जोतिरहेको किसानसामु पुगेर भने– “आज हाम्रो घरमा भतेर खुवाउने काम भएको छ । मिठो मिठो परिकार बनेको छ । हिँजो बेलुका नै सबै गाउँलेलाई खबर गरिएको थियो । सबै जना आए । तिमीले खबर थाहा नपाएर हो कि किन हो ? नोकरलाई बोलाउन पठाउँदा पनि आएनौ त ?”

    किसानले भन्यो– “मालिक म आफं मिहिनेत गरेर खान रुचाउँछु । गरिब छु तर अरूको सित्तैमा पाएको चिज लिन्न । आफै कमाउँदासम्म आफ्नै कमाइ खानुमा बडो आनन्द लाग्छ । माफ गर्नुहोला, हजुरको भतेर खान आउन मनले मानेन ।”

    किसानको कुरा सुनेर जमिन्दार दङ्ग परे । यस्तो गरिब, यो गर्मीमा सित्तैमा खान बोलाउँदा नआएको देखेर मनमनै अनेक सवाल खेलाउँदै घर पुगे । श्यामेसँग यी सब कुराविस्तारमा बताए :

    “हेर् श्यामे, तैले र मैले राम्रो काम गरियो† पुण्य कमाइयो† अमर र महान् बनियो भन्नु झुटो रहेछ । वास्तविक महान् त त्यो किसान पो रहेछ । कति स्वाभिमानी ? आफैले मिहिनेत गरेर खान्छ । लोभलालच गर्दैन । त्यो किसानको अगाडि म आफूलाई अत्यन्तै सानो महसुस गरेको छु । मैले आजसम्म कहिल्यै मिहिनेत गरिनँ, जे जति धनसम्पत्ति छ, यो सब पुर्खाले आर्जन गरेको हो । वास्तविक गरिब त्यो किसान होइन, म पो रहेछु ।”

    श्यामसुन्दरले भने– “हो साहु बा, हो । आफ्नो मिहिनेतको कमाइ पो कमाइ ¤ अरूको सित्तैमा मिलेको धनमा घमण्ड गर्नु मूर्खता हो ।”

    शनिबार, असार ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.