काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् ।
लुले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।
ती भेटमा मन्त्री लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्यवनबारे चासो राखेका छन्। शुक्रबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसँग भएको भेटमा लुले एमसीसी कार्यान्वयनबारे चासो राखेका मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति र सोपश्चात पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी तथा दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए।
लु कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए भने ओलीलाई भेट्न उनकै बालकोट पुगेका थिए ।
यस्तै, उनले बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालकी दिवंग पत्नी सिता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरे ।
अमेरिकी सहायक विदेश मन्त्री लु शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन्।