• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला


  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
  • टङ्कीसिनवारी । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् ।
    बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् ।

    Advertisement

    इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । समूहमा मिश्रित समुदायका महिला सहभागी छन् । एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरिएको छ ।

    समूहका महिलाले आफूलाई तीन टोलीमा विभक्त गराई विभिन्न स्थानमा नौमती बाजा बजाउन जाने गरेका छन् ।

    केही समय पहिलेसम्म कुनै एक समुदाय विशेषका पुरूषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातिय भेदभाव जगाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् ।

    नौमती बाजामा पुरूष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले पनि बाजा बजाएर आर्थिक आम्दानी गरिरहेका छन् ।

    नौमती बाजाले विभिन्न जाति र समुदायका महिलाबीच जातीय सौहार्दता कायम गर्न मद्दत गरेको छ, समूहका सदस्य यमुना बुढाथोकीले भन्नुभयो, पारम्परिक बाजा बजाएर जीवनयापन गर्ने महिलालाई हेयको दृष्टिले हेर्ने समाजमा अहिले सकारात्मक परिवर्तन आउन थालेको छ । उहाँका अनुसार महिला वाद्यवादकलाई समाजले स्वीकार्न सुरू गरेको छ ।

    विवाह, व्रतबन्ध, पास्नीलगायत विशेष अवसरमा पञ्चे र नौमती बाजा बजाएर मनग्य आम्दानी गर्न महिला सफल हुँदै गएका बुढाथोकीको भनाइ थियो । उहाँले समूहका महिलाले शुभकार्यका साथै विभिन्न अवसरमा नौमती बाजा बजाउने गरेका भन्दै बाजा बजाउन समूहका महिलालाई वर्षको आधाजसो समय भ्याइनभ्याइ हुने गरेको सुनाउनुभयो ।

    वैवाहिक कार्यक्रममा नौमती बाजा बजाउन उक्त समूहको एक टोली विराटनगर पुग्दा त्यहाँ महिलाले नौमती बाजा बजाएको देखेर विराटनगरवासीले उत्सुकतापूर्वक हेरेका बुढाथोकीले बताउनुभयो । “समाजमा रहेका विभिन्न जातजातीका महिला आबद्ध भएर महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिनका एकजुट भएका छौँ”, उहाँले भन्नुभयो, हाम्रो समूहले सामाजिक सद्भाव कायम गर्दै जातीय भेदभाव अन्त्य गर्ने उद्देश्यले काम गरिरहेको छ ।

    महिला कमजोर भएर घरै बस्नु हुँदैन भन्ने सोचका साथ आफूले नौमती बाजा बजाउन सिकेको बुढाथोकीको भनाइ थियो । उहाँले सुरूसुरूमा बाजा बजाउँदा समाजका केही अगुवाले बाटो विराए भनेर तर्क गरे पनि अहिले विस्तारै सबैको सोच बद्लिँदै गएको बताउनुभयो ।

    उहाँले कुनै पनि पेसा ठूलो सानो नहुने भन्दै नौमती बाजाले आफूलाई सशक्त हुन प्रेरणा दिएको बताउनुभयो ।

    समूहका अर्का सदस्य गीता कटुवालले ७० वर्षको उमेरमा नौमती बाजा बजाउँदै नाच्दै हिँड्ने गरेको बताउनुभयो । घर बस्नुभन्दा नौमती बाजा बजाउन सिकेर हिँड्दा आम्दानी पनि हुने गरेको उहाँको भनाइ थियो । कटुवालले भोजभतेरमा कतिपयले खानेकुरा छुन नदिने र पर बस भनेर अझै भन्ने गरेको गुनासो गर्नुभयो ।

    हामी जहाँ जान्छौँ त्यहीँ जातीय सौहार्दता र सामाजिक एकताको सन्देश दिने गरेका छौँ, उहाँले भन्नुभयो ।

    नौमती बाजा बजाउने टोलीका सदस्यहरु सम्पूर्ण पोखरेल, शशिकला दाहाल, यशोदा सुवेदी, तेजकुमारी राई, कविता राईले कोरोनाकालमा घरमै बसेका बेला आय आम्दानी नहुँदा जीविकोपार्जनमा समस्या परेको बताउनुभयो ।

    महिलाले पनि कमाएर खान सक्छन् भनेर सन्देश दिनका लागि घर छिमेक र समुदायका महिला मिलेर नौमती बाजा बजाउन सिकी व्यावसायिक रुपमा बाजा बजाउन थालेका छौँ, कविता राईले भन्नुभयो ।

    सुरूमा घरपरिवार र समाजले हेयको दृष्टिले हेरे पनि सामाजिक सदभाव जगाउँदै जातीय भेदभाव अन्त्यका लागि महिला एकजुट भएर काम गरिरहेको उहाँको भनाइ थियो ।

    समूहका सदस्यले कुनै पनि काम सानो वा ठूलो नहुने भन्दै जातपातका नाममा हुने भेदभावबाट समाज मुक्त हुनुपर्नेमा जोड दिँदै जातीय एकताका लागि पनि एकजुट भएर नौमती बाजा बजाउन थालिएको बताएका छन् ।

    सोमबार, असार ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.