रामप्रसाद गैरे ‘पाल्पाली’ #
झरेर पुरानो नयाँ पात पलाउँछ साथी ।
आउँछ बिहानी बिरुवा लगाउँछ साथी ।१।
Advertisement
अध्यारो हुँदैमा केही बेर निराश नहुनू
अस्ताउँछन् तारा र सूर्य उदाउँछ साथी ।२।
इतिहास पुरानो हटेर नै नयाँ आउँछ ।
राम्रोले नराम्रोलाई नै डराउँछ साथी ।३।
नियम विज्ञान यही हो चल्तीचलनमा छ ।
पुरानोबाट सिक्दै नयाँले लेखाउँछ साथी ।४।
विश्वास गर युगौँको दासता जन्जिर पनि ।
उखेल्छ जरो एक दिन भेट्याउँछ साथी ।५।

