• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लक्ष्मिप्रसाद देवकोटाकहाँ ट्युसन पढ्न जाँदा

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१८ "

  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    कक्षा ९ मा पढ्दा भारतप्रसाद धिताल र म लक्ष्मिप्रसाद देवकोटाको घरमा ट्युसन पढ्न गएका थियौँ । त्यो बेला मैले जुद्धोदय हाईस्कुलमा पढ्न थालिसकेको थिएँ तर घितालले अझै पनि दरबार हाईस्कुलमा नै पढ्ने गर्नुहुन्थ्यो ।

    Advertisement

    हाम्रा स्कुलहरू बेग्लाबेग्लै भए पनि हाम्रा बीचमा घनिष्ट मित्रता थियो । हाम्रोको डेरा पनि क्षेत्रपाटी धोबिचौरको एउटै कोठामा थियो । त्यसैले हामी एकैसाथ देवकोटाकहाँ ट्युसन पढ्न गएका थियौँ तर त्यहाँ हामीले तीन, चार दिनभन्दा बढी ट्युसन पढ्न सकेनौँ ।

    हामीले देवकोटाकहाँ धेरै समयसम्म ट्युसन पढ्न नसक्नुका दुईओटा कारण थिए । पहिलो कारण थियो : हामी ९ कक्षाका विद्यार्थीलाई ट्युसन पठाउँदा उहाँले धाराप्रवाह रूपमा अङ्ग्रेजीमा जुन लेक्चर दिनुहन्थ्यो, त्यो धेरै नै माथिल्लो स्तरको हुन्थ्यो । त्यो लेक्चर बुझ्न हामीलाई धेरै गार्‍हो पर्दथ्यो । दोस्रो कारण थियो : उहाँले धेरै समयसम्म आफूले नयाँ लेखेका कविता सुनाउन लगाउनुहुन्थ्यो । ती कारणले गर्दा हामीले धेरै दिनसम्म उहाँकहाँ ट्युसन पढेनौँ ।

    त्यो बेला हामीलाई हामीलाई उहाँले दिनदिनै लेखेका नयाँ–नयाँ कविता सुनाउने गर्नुहुन्थ्यो । उहाँले त्यो बेला सुनाएका सबै कविता ता मलाई सम्झना छैन् तर एउटा कविताको कथावस्तु मैले अहिलेसम्म पनि सम्झन्छु । त्यो कविताको शीर्षक थियो– ‘महिलास्थान । मलाई यो कुराको राम्ररी सम्झना छैन, त्यो कविताको अन्तिममा ‘हिन्दुस्थान’ मा जस्तै ‘थान’ लेखिएको थियो वा ‘पाकिस्तान’ मा जस्तै ‘तान’ ? त्यो कुरा जे भए पनि त्यो कविताको कथासार राम्ररी याद छ ।

    एकपल्ट महिलाहरूले हिन्दुस्तान वा पाकिस्तान जस्तै आफ्नो बेग्लै राज्य बनाउने निर्णय गरेछन् । त्यहाँ कुनै पुरुषको प्रवेश निषेध थियो । एक दिन एउटा पुरुष त्यो राज्यमा पुगे छ । महिला प्रहरीहरूले त्यो पुरुषलाई पक्रेर आफ्नी देशकी रानीकहाँ पुर्‍याएछन् । रानीले त्यो पुरुषलाई कुनै सजाय दिनुको सट्टा आफ्नो राजदरबारमा नै राखिछन् । रानीको त्यो व्यवहारका कारण त्यो राज्यका महिलामा असन्तोष बढेर गयो । त्यसपछि महिलाको त्यो राज्य विघटन भएछ ।

    मैले देवकोटाका प्रकाशित रचनामा त्यो कविता कतै देखेको छैन । कतै त्यो कविताको उल्लेख गरेको पनि मैले पढ्न पाएको छैन । त्यो कविता कतै हरायो वा कतै सुरक्षित छ ? त्यसबारे पनि मलाई केही थाहा छैन ।

    हामीले देवकोटाकहाँ ट्युसन पढ्न छाड्यौँ तर त्योभन्दा पहिले पनि देवकोटासँग मेरो सम्बन्ध थियो र त्यसपछि पनि उहाँसितको मेरो सम्बन्ध बनिरह्यो यद्यपि त्यो सम्बन्ध अनौपचारिक प्रकारको नै थियो किनभने उहाँसित मेरो प्रत्यक्ष रूपले भेटघाट वा कुराकानी कमै हुन्थ्यो तर बिल्कुल हुँदैनथ्यो भन्ने पनि होइन किनभने आफ्नो विद्यार्थी कालमा म विभिन्न साहित्यकारहरू; जस्तै कि सिद्धिचरण, हृदयचन्द्र सिंह प्रधान, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, केदारमान व्यथित आदिलाई भेट्न जाने गर्दथे । त्यो क्रममा कतिपयपल्ट देवकोटाकहाँ पनि भेट्न गएको थिएँ ।

    देवकोटासँग मेरो पहिलो भेट रक्सौलमा भएको थियो । म मिनपचासको छुट्टीमा रक्सौल पुगेको थिए । त्यहाँबाट मलाई मुजफ्फरपुर, सोनपुर, गोरखपुर, नौतनवा, बुटवल र पाल्पा हुँदै प्युठान जानुपर्दथ्यो ।

    रक्सौलको रेलस्टेसनमा मैले काङ्ग्रेसी नेताहरूको एउटा ग्रुप देखेँ । त्यो ग्रुपमा को को थिए ? अब त्यो कुराको ता मलाई सम्झना छैनतैपनि तिनीहरूमध्ये एक जना लक्ष्मिप्रसाद देवकोटा पनि हुनुहुन्थ्यो ।

    त्यो बेला ता मैले उहाँलाई चिनिन तर उहाँको अग्लो र प्रभावशाली व्यक्तित्वको जुन छाप मेरो मानसपटलमा परेको थियो, २००७ सालपछि काठमाडौँका कतिपय कार्यक्रममा उहाँलाई देख्दा उहाँ लक्ष्मीप्रसाद देवकोटा नै हुनुहुन्थ्यो भनेर ठहर्‍याउन मलाई मुस्किल परेन तर त्यो बेला त्यहाँ देखेका अरू मानिस को को थिए ? त्यो कुरा मलाई थाहा हुन सकेन ।

    २००७ सालपछि पाटनमा विद्यार्थीहरूको एउटा सम्मेलन भएको थियो । त्यो कार्यक्रममा नेपाल र भारतमा पढ्ने धेरै विद्यार्थी जम्मा भएका थिए । म कुनै प्रतिनिधिको हैसियतले ता होइन, ललितपुरमा विद्यार्थीहरूको सम्मेलन हुँदै छ भन्ने हल्ला सुनेर त्यहाँ पुगेको थिएँ । त्यो कार्यक्रमा लक्ष्मिप्रसाद देवकोटा पनि आउनुभएको थियो । उहाँलाई त्यहाँ देखेर रक्सौलमा देखेको व्यक्ति उहाँ नै हुनुहुन्थ्यो भनेर छुट्याउन मलाई कुनै मुस्किल परेन । त्यसपछि ता जहाँ पनि देवकोटाको कार्यक्रम भन्ने सुन्दथेँ, म त्यहाँ पुग्दथेँ ।

    ललितपुरको विद्यार्थी सम्मेलनमा उहाँले एउटा गीत सुनाउनुभएको थियो । त्यो गीतमा उहाँले यो बताउन खोज्नुभएको थियो : शब्द वा भाषाको विकास हुनुभन्दा पहिले पनि मानिसहरूले गीतद्वारा आफ्नो मनका भाव व्यक्त गर्ने गर्दथे । तिनीहरूको गीतमा कुनै शब्द हुँदैनथ्यो तैपनि हाँ हाँ, हुँ हुँ, हो हो, हाङ हुङ आदि स्वरद्वारा उनीहरूले आफ्ना भाव प्रकट गर्ने कोसिस गर्दथे । त्यसरी उनीहरू बिजुली चम्केका, बादल गर्जेका, हावा सुस्याएका, खोला बगेका आदि स्वरलाई प्रतिनिधित्व गर्ने प्रयत्न गर्दथे । त्यो विद्यार्थी सम्मेलनमा उहाँले आदि मानवका त्यस प्रकारका भावलाई सङ्गीतमय रूपमा व्यक्त गर्ने प्रयत्न गर्नुभएको थियो । शब्द र भाषाबिनाको उहाँको त्यस प्रकारको अभिव्यक्तिले पनि विद्यार्थीहरूलाई धेरै नै प्रभावित पारेको थियो ।

    २००८ सालतिरको कुरा हो, जुद्धोदय पब्लिक हाईस्कुलमा छात्र युनियनको चुनाव भएको थियो । म त्यसको अध्यक्षमा चुनिएको थिएँ । त्यो बेला छात्र युनियनको समितिका अन्य पदाधिकारी वा सदस्यमा हिरण्यलाल जोशी, बनवारी मित्तल, पुष्पराज आदि हुनुहुन्थ्यो । त्यो बेलाका अन्य सबै सदस्यको नाम अहिले मलाई सम्झना छैन । त्यो युनियनको उद्घाटन गर्न हामीले लक्ष्मिप्रसाद देवकोटालाई बोलाएका थियौँ ।

    त्यो बेला उहाँले युनियनको उद्घाटन गर्न थालेको र मैले त्यो काममा मदत गरेको एउटा फोटो जुद्धोदय हाईस्कुलको अफिसको भित्तामा धेरै वर्षसम्म टाँगिएको मैले देखेको थिएँ तर पछि एकाधपल्ट त्यहाँ जाँदा मैले त्यो फोटो देखिनँ । करिब चार/पाँच वर्षपहिले मैले त्यो स्कुलमा गएर त्यहाँका हेडमास्टरसित त्यो फोटोबारे सोधपुछ गरेको थिएँ । मैले उहाँसित यो पनि अनुरोध गरेको थिएँ : मलाई त्यो फोटो दिनुभएमा मैले त्यो मूल फोटो फर्काइदिने छु र त्यसको प्रतिलिपि मैले राख्ने छु । त्यसको जवाफमा उहाँले मलाई भन्नुभएको थियो : ‘त्यो फोटो अहिले कहाँ छ ? मैल मलाई थाहा छैन । स्टोरमा कतै भेटियो भने मैले तपाईंलाई दिने छु तर अहिलेसम्म मैले त्यो फोटो पाउन सकेको छैन । त्यो फोटो पाएमा मलाई साँच्चिकै धेरै खुसी लाग्ने थियो । निश्चय नै अझै पनि मैले त्यो फोटो पाउनका लागि आफ्नो कोसिस जारी राख्ने छु ।

    देवकोटाका कतिपय रचनाबारे मैले केही समालोचनात्मक लेख लेख्ने गरेको थिएँ । तिनीहरूमध्ये पहिलो लेख देवकोटाको “सुलोचना” महाकाव्यसित सम्बन्धित छ । त्यो महाकाव्यले मृत्युमा जोड दिन्छ । मैले मृत्युको सट्टा जीवनको पक्षमा जोड दिएको थिएँ । त्यसबारे मैले २०१७ सालमा काठमाडौँको भद्रगोल जेलमा हुँदा “मृत्युको महाकाव्य : जीवनको कथा” शीर्षकले एउटा लेख लेखेको थिएँ । त्यसरी मैले देवकोटाको ‘मृत्युको महाकाव्य’ लाई जीवनको कथामा बदल्ने कोसिस गरेको थिएँ ।

    केही वर्षपहिले काठमाडौँ प्रदर्शनीमार्गको भृकुटी पुस्तक पसलले “भृकुटी” पत्रिकाको देवकोटा विशेषाङ्क निकाल्ने बेलामा मलाई पनि एउटा लेख पठाइदिन भनेको थियो । देवकोटा विशेषाङ्कका लागि मैले “लक्ष्मिप्रसाद देवकोटाको वैचारिक पक्षको अध्ययन” शीर्षकले एउटा लेख पठाएको थिएँ । अहिलेको “जलजला” उपन्यासमा “लक्ष्मिप्रसाद देवकोटा” शीर्षकले एउटा परिच्छेद पनि लेखेको छु ।
    माथिको सम्पूर्ण विवरणबाट प्रस्ट हुन्छ : लक्ष्मिप्रसाद देवाकोटासित मेरो विद्यार्थीकालदेखि नै र उहाँको मृत्युपछि पनि उहाँसित मेरो गहिरो भावनात्मक सम्बन्ध रहेको छ ।

    नेपालका चार जना साहित्यकारलाई मैले धेरै नै सम्मान गर्दछु । तिनीहरूमा लक्ष्मिप्रसाद देवकोटाको नाम सर्वप्रथम आउँछ । अन्य तीन जना साहित्यकार हुनुहुन्छ : सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्र सिंह प्रधान र गोपालप्रसाद रिमाल ।

    बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.