• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘अखण्ड भारत’को नक्साबारे बंगलादेशले सोध्यो स्पष्टीकरण, नेपाल मौन

"जयशंकर भन्छन् : नेपालले कुरा बुझिसक्यो "

  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
  • काठमाडौं । भारतीय नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग गरेको छ ।

    Advertisement

    नेपाल सरकारले सो नक्साबारे जानकारी नभएको बताइरहेका बेला बंगलादेशले भारतीय विदेश मन्त्रालयमा स्पष्टीकरण सोधेको हो । बंगलादेशले विरोधस्वरुप दिल्लीस्थित दूतावासलाई लिखित विरोध र स्पष्टीकरण लिन भनिसकेको छ ।

    जेठ १४ मा उद्घाटन गरिएको नयाँ भारतीय संसद्‍मा राखिएको नक्सामा नेपाल, बंगलादेश, पाकिस्तान र अफगानिस्तासम्मका भूगोल राखिएको छ। जसलाई लिएर नेपाल र बंगलादेशमा विरोध भइरहेको छ।

    सो नक्सालाई लिएर नेपाली संसद् र जनस्तरमा पनि विरोध भइरहेको छ। तर सरकारले भने यसबारे औपचारिक भनाइ सार्वजनिक गरेको छैन।

    प्रधानमन्त्री प्रचण्डले यो नक्सालाई सांस्कृतिक रुपमा मात्रै बुझ्न भनेका छन्। परराष्ट्रमन्त्री एनपी साउदले यो नक्साबारे आफू जानकार नै नरहेको जवाफ दिएर पन्छिएका छन्। भारत भ्रमणमा रहेका बेला ‘आजतक’ लाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री साउदले नक्साबारे जानकारी नै नभएको बताएका थिए ।

    नेपाल, पाकिस्तान र बंगलादेशको भूभाग समेटेर जारी गरेको ‘अखण्ड भारत’ को नक्सा सांस्कृतिक मात्रै भएको भारतले दाबी दोहोर्याएको छ । सो नक्साबारे नेपाल र बंगलादेशले विरोध नगर्ने पनि भारत सरकारको दाबी छ । पाकिस्तान भने ‘सत्रु राष्ट्र’ भएकाले विरोध गर्ने उसको तर्क छ ।

    नरेन्द्र मोदीले देशको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरले यस्तो बताएका थिए ।

    ‘अखण्ड भारत’को नक्साबारे पत्रकारहरुले राखेको जिज्ञासामा विदेशमन्त्री जयशंकरले भने, ‘मित्र देशहरु नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन्। उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको छ। यो केवल सांस्कृतिक कुरा मात्रै हो। यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै छैन । हाम्रा मित्र देशले यसबारेको कुरा बुझ्ने छन्। अझै यसमा केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ।’

    उनले यस मामिलामा पाकिस्तानले कुरा नबुझ्ने बताए। ‘पाकिस्तानले त हाम्रो कुरा बुझ्दैन तपाईंहरुलाई थाहा नै छ’, उनले भने, ‘पाकिस्तान अक्युपाइड कश्मिरबारे हाम्रो धारणा पुरानै छ। त्यसमा हामी दायाँबायाँ हुँदैनौँ।’

    उक्त ब्रिफिङका क्रममा पत्रकारहरुले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट फर्किएपछि नेपालको संसद्‍मा यसबारे जवाफ दिएको पनि स्मरण गराएका थिए।

    ‘पाकिस्तान त हाम्रो शत्रु राष्ट्र हो। उसको कुरा अलग्गै भयो। नेपालका प्रधानमन्त्रीले अखण्ड भारतको नक्साबारे नेपाली संसद्मा बोल्दै आफूले यो मुद्दा भारत यात्राका कारण उठाएको थिएँ भन्नु भएको छ’, ती पत्रकारले प्रश्नका क्रममा भने, ‘प्रचण्डले त्यो राजनीतिक नक्सा होइन, सांस्कृति नक्सा मात्रै हो भन्ने जवाफ भारती अधिकारीबाट पाएको बताउनु भएको थियो। खासमा यसबारे प्रष्ट पार्दिनुस् न।’

    त्यसपछि जयशंकरले यो नक्सा सम्राट अशोकको समयको सांस्कृतिक प्रतीक मात्रै भएको व्याख्या गरे।

    ‘उक्त नक्सालाई लिएर हाम्रा छिमेकी नेपाल र बंगलादेशले कुरा बुझिसकेका छन्। अब यसमा कुनै समस्या छैन। हाम्रा मित्र देशले कुरा बुझ्ने छन्। केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ’, उनले थप ब्याख्यासहित भने।

    शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.