काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्दिरमा पुजाआजा गरेका छन् । शुक्रबार बिहान मध्य प्रदेशको इन्दौर पुगेका प्रचण्डले बाबा महाकालेश्वर मन्दिरमा पुजा गरेका हुन् ।
Advertisement
उनले हिन्दुहरुले मान्ने १२ ज्योतिर्लिङ्गमध्ये एक महाकाल मन्दिरको दर्शन गरेका हुन्। त्यसक्रममा प्रचण्डले १०८ किलो रुद्राक्षसमेत मन्दिरमा चढाएका छन् ।
राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटघाटपछि भ्रमणको तेस्रो दिन उनी घुमफिरमा निस्किएका थिए ।
हवाईमार्गबाट इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थल पुगेका दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे।
विमानस्थलबाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो।