• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सेक्युरिटी प्रिन्टिङ प्रेसबारे उच्चस्तरीय छानबिन होस् : मसाल

"एमसीसीमा कुनै पनि प्रकारको संशोधन होइन, पूरै खारेज गर्न आग्रह "

  •   शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
  • काठमाठौँ । नेकपा (मसाल) ले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे भएको भ्रष्टाचार प्रकरणमा उच्चस्तरीय छानबिन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७६ फागुन ९ गते जारी प्रेस वक्तव्यमार्फत् पार्टीले सो अवधारणा व्यक्त गरेको हो । पार्टीले उक्त घटनाको छानबिनपछि दोषीलाई कडा सजाय दिन पनि आग्रह गरेको छ ।

    Advertisement

    सत्तारूढ नेकपाको एसिसी कार्यदलले प्रतिवेदन बुझाएको सन्दर्भमा पार्टीले एमसिसीलाई पूरै खारेज गर्नुपर्ने र त्यससम्बन्धी कुनै पनि प्रकारको संशोधन मान्य नहुने धारणा व्यक्त गरेको छ । एमसिसी इन्डो–प्यासिफिक रणनीतिकै अङ्ग भएको दावी गर्दै वक्तव्यमा त्यसलाई खारेज गर्न सम्पूर्ण देशभक्त नेपाली जनतासित आग्रह गरिएको छ ।

    वक्तव्यमा अगाडि भनिएको छ– “सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचारको काण्डप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यो काण्डले सरकारमा गम्भीर प्रकारको भ्रष्टाचार व्याप्त भएको कुरालाई पुनः उदाङ्गो बनाएको छ । त्यसकारण हामीले अन्य भ्रष्टाचारका काण्डहरू जस्तै उक्त सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी काण्डबारे पनि उच्चस्तरीय छानबिन गरेर सबै दोषीलाई कडा सजाय दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    नेकपाले गठन गरेको एमसिसीसम्बन्धी आयोगले आफ्नो प्रतिवेदन नेतृत्वलाई बुझाएको कुरा प्रेस माध्यमले बाहिर ल्याएका छन् । तर त्यो प्रतिवेदनमा उनीहरूले के राय दिएका छन् ? आधिकारिक रूपमा त्यो कुरा सार्वजनिक गरिएको छैन । तर उनीहरुको राय जेजस्तो भए पनि एमसिसीलाई कुनै संशोधनसहित पारित गर्ने कुरालाई हाम्रो पार्टीले दृढतापूर्वक विरोध गर्दछ र त्यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    एमसिसीबारे जुनसुकै प्रकारले भ्रम दिने वा वास्तविकतामाथि पर्दा हाल्ने प्रयत्न गरिए पनि सार रुपमा त्यो इन्डो–प्यासिफिक रणनीतिको नै अङ्ग भएको र त्यसको मुख्य उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै भएको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ । त्यसकारण त्यसले कुनै पनि अवस्थामा नेपालको हित नगर्ने र त्यसलाई स्वीकार गरेमा नेपालको असलग्न नीति समाप्त हुने छ र हाम्रो देश घोषित रूपमा नै अमेरिकी साम्राज्यवादको रणनीतिक गोटी बन्न जाने कुरा प्रष्ट छ । त्यसकारण हाम्रो पार्टीले त्यसलाई अस्वीकार गर्नका लागि सबै देशभक्त जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।”

    शनिबार, फागुन १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    ‘१२ मई’ नाटकले निरङ्कुशता पराजित हुने सन्देश दिएको मसालको निष्कर्ष
    विशेष सम्पादकीय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.