आनन्दराज शर्मा, काठमाडौँ ।
Advertisement
गण्डकीको मन्त्रिमण्डल बिस्तार भएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शुक्रबार मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
तनहुँका जीतप्रकाश आले गण्डकी प्रदेशका अर्थमन्त्रीले भएका छन्।
त्यस्तै, कांग्रेसबाटै महेन्द्रध्वज जिसी कृषि मन्त्री बनेका छन् भने सरस्वती अर्याल उर्जामन्त्री बनेकी छन्। यस्तै, दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।
माओवादीबाट रेशम जुग्जाली भौतिक पूर्वाधार र सुशिला सिंखडा सामाजिक विकासमन्त्री बनेका छन् ।
यसअघि नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई मन्त्री बनाइने चर्चा भए पनि उनको नाम अन्तिम समयमा काटिएको छ ।
