• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हाम्रो जस्तो अल्पविकसित देशले सङ्घीयता धान्न सक्दैन


  •   शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
  • टङ्क गौतम, केन्द्रीय सल्लाहकार, राष्ट्रिय जनमोर्चा

    Advertisement

    ० आजभोलि के गरिरहनुभएको छ ?

    – सामान्य जीवन बिताइरहेको छु ।

    ० राजनीतितर्फ कसरी आकर्षित हुनुभयो ?

    – तत्कालीन व्यवस्थाबाट जनतामाथि भएको अन्याय–अत्याचारको अन्त्यका लागि राजनीतिप्रति आकर्षण पैदा भएको हो ।

    ० नेकपा (मसाल) को राजनीति किन मन पराउनुभयो ?

    – देशमा भएका अन्य कम्युनिस्ट पार्टीभन्दा नेकपा (मसाल) ले लिएको रणनीति र कार्यनीति सही लागेकोले क. मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी मन पराएर लागेको छु ।

    ० अहिलेसम्म के कस्ता जिम्मेवारी वहन गरिसक्ननु भएको छ ?

    – पार्टीसदस्यको हैैसियतले पार्टी र राष्ट्रिय जनमोर्चालाई जनतासामु परिचित गराउने काममा निरन्तर लागेको छु

    ० देशको अहिलेको राजनीतिक अवस्थालाई कसरी बुझ्नुभएको छ ?

    – देशमा गणतन्त्रको स्थापना भएको भनिएता पनि अझसम्म अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सोच र व्यवहारको अन्त्य भई नसकेकाले त्यसमा परिवर्तनका लागि आन्दोलनको अझै आवश्यकता रहेको देखिन्छ ।

    ० कोशी. प्रदेशमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अवस्था र भूमिका कस्तो छ ?

    – कोशी प्रदेशमा हाम्रो पार्टीको सङ्गठनात्मक अवस्था तुलनात्मक रूपमा कमजोर छ । केही जिल्ला र स्थानीय स्तरमा राष्ट्रिय जनमोर्चाका कमिटीहरू कृयाशील छन् ।

    ० देशको वर्तमान अवस्थामा सुधारका लागि के कस्ता काम गरिनुपर्दछ भन्ने लाग्दछ ?

    – संविधानबमोजिमका कानुन निर्माण गरी सोको जनमुखी र पारदर्शी रूपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ । त्यसो गर्दा केही राम्रो व्यवस्था हुन सक्दछ तर त्यतिले मात्र जनताको जीवनमा आमूल परिवर्तन हुन सक्दैन । त्यसका लािग सर्वहारा राज्यक्रान्ति नै हुनुपर्ने आवश्यकता छ । नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि मात्र देशमा जनताका समस्याको समाधानको दिशामा ठोस कदम उठाउन सकिने छ ।

    ० सङ्घीयता तपाईंहरूलाई किन बेठिक लागेको हो ?

    – सङ्घीयता नेपाली जनताको इच्छा र आवश्यकताभन्दा पनि बैदेसिक हस्तक्षेपका कारण नेपालमा लादिएको हो । हाम्रो जस्तो अल्पविकसित देशले सङ्घीयता धान्न सक्दैन भन्ने लागेर मलाई मात्रै होइन, सम्पूर्ण नेपाली जनतालाई मन नपरेको हो ।

    ० राजनीतिमा नया“ पि“ढीलाई व्यापक सङ्ख्यामा प्रवेश होस् भन्नका लागि के गर्नुपर्ला ? यसबारे तपाईको विचार के छ ?

    – पार्टीका नीति, विचार र कार्यक्रमहरूको बारेमा नयाँ पुस्ताका युवालाई व्यवस्थित रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र प्रशिक्षित व्यक्तिहरूमध्येबाट पार्टीका विभिन्न कमिटिमा उनीहरूलाई आबद्ध गरी पार्टीको कामलाई सक्रिय रूपमा अगाडि बढाउनु आवश्यक छ ।

    ० अन्तमा युगदर्शनको मार्फत भन्नुपर्ने केही छ कि ?

    – पार्टी सञ्चालनका लागि मानव संसाधन व्यवस्थापन नै मुख्य कुरा हो । उचित व्यक्तिलाई जिम्मेवारी दिने र कार्यसम्पादनको आधारमा नेता–कार्यकर्तालाई पुरस्कार र दण्डको व्यवस्था गर्न सके पार्टीप्रतिको जनताको समेत आकर्षण बढ्ने हुँदा सोहीबमोजिम गर्नुपर्ने देखिन्छ । त्यस क्रममा देशमा देखा परेका विकृति–विसङ्गतिका विरुद्ध जनतालाई सुसूचित र एकाकार गर्दै जानु आवश्यक छ ।

    अन्तमा, आफूलाई लागेका कुराहरू व्यक्त गर्ने मौका दिने युगदर्शन साप्ताहिकलाई धन्यवाद दिन चाहन्छु ।

    प्रस्तुति : प्रकाश थापामगर

    शनिबार, बैशाख २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.