कृष्ण केसी, चितवन ।
नेकपा (मसाल) ले देशैभर सुरु गरेको ऐतिहासिक तीन अभियानको कार्यक्रम चितवनमा पनि सुरु भएको छ ।
Advertisement
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर सोमबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरिएको हो ।
नेकपा (मसाल) र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) चितवनको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवससहित ऐतिहासिक तीन अभियानबारे स्पष्ट पार्नुभएको थियो ।
नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकालको अध्यक्षता तथा युवराज पौडेलको सन्चालनमा सुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डम्बर पुरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसे, रक्तिमका केन्द्रीय सल्लाहकार देवी शर्मा, डम्बर केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।