काठमाडौं । सोमबार साँझ काठमाडौंको आकाशमा जहाजमा आगो लागेको दृश्य देखिएको छ ।
Advertisement
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज उड्नासाथ कोटेश्वर माथिका आकाशमा आगो लागेको देखिएको हो ।
सोमबार साँझ विमानस्थलबाट ९ः२३ मा जहाज उड्नेबित्तिकै इन्जिनमा आगलागी भएको थियो।
विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी गरिएपनि विमान दुबइतर्फ नै प्रस्थान गरेको छ ।
इन्जिनमा समस्या भयो भनेर रिपोर्टिङ भएपनि पछि नर्मल अवस्था भयो भनेर जहाज गन्तव्यतर्फ लागेको विमानस्थल प्रमुख प्रतापवावु तिवारीले जानकारी दिए । विमानमा १७५ जना यात्रु छन्।
