काठमाडौं । वीर अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा अनिल बरालले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजानुपर्नाको कारण सोध्नुभएको छ ।
वीर अस्पतालमै दक्ष जनशक्ति र स्रोत साधन हुँदाहुँदै राष्ट्रपति पौडेललाई उपचार गर्न विदेश लगिएकोप्रति डा. बरालले असन्तुष्टी व्यक्त गर्नुभएको हो ।
सामाजिक सञ्जालमा लेख्दै डा. बरालले राष्ट्रपतिलाई उपचार गर्न भारत लैजानुपर्ने कारण देशले थाह पाउनुपर्ने बताउनुभएको छ । उहाँले आफूहरुले कोही नहुने र केही नहुनेको मात्रै उपचार गर्नुपरेको गुनासो पनि गर्नुभएको छ ।
‘एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ।
स्रोत र साधन पनि अहिले राम्रै छन् यहॉ’ उनले ट्वीट गरेका छन्, ‘के कारणले विदेश लान परेको हो, देशले थाहा पाउनुपर्ने हैन र? हामी त सधैँ कोही र केही नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या!’
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लगिएको छ ।
AIIMS बाटै छाती रोग विषयमा DM उपाधि हासील गरेका ३ जना बरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ ! स्रोत र साधन पनि अहिले राम्रै छन् यहॉ
के कारणले विदेश लान परेको हो,देशले थाहा पाउनुपर्ने हैन र ?
हामी त संधै कोहि र केहि नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या !— Anil Baral (@pokhrelinephro) April 19, 2023