काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।
Advertisement
पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।
केही केही दिन अघि उनलाई श्वासप्रश्वासको समस्याले अस्पताल भर्ना गरिएको थियो ।
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले २०७७ साल माघ ३० गते नइ प्रकाशनद्वारा आयोजित ‘शरीर दान घोषणा सभा’मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए । सोही घोषणाअनुसार सत्यमोहनको पार्थिव शरीर किस्ट अस्पतालमै राखिएको छ ।
सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ ।