प्युठान । स्वर्गद्वारी नगरपालिका वडा नं. ४ मा राष्ट्रिय जनमोर्चाको समिति पुनर्गठन भएको छ।
राजमो नगर समिति अन्तरगत आइतबार–४ को बाजीपुरमा भएको भेलाले नयाँ समिति गठन गरेको हो।
कार्यक्रमलाई राजमो जिल्ला उपाध्यक्ष ईमानसिंह खड़काले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राजमो नगर अध्यक्ष इन्द्रबहादुर खड़का, नगर सदस्य शिव पन्थी लागयतले सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले वीरमान विकको अध्यक्षतामा ९ सदस्यीय वडा समिति चयन गरेको छ भने तीन जना सल्लाहकार चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा केसरी सुनार, सचिव ड्रोन रावल र कोषाध्यक्षमा पार्वती खड़का रहनुभएको छ ।
सदस्यहरूमा टेकबहादुर विक, थम्मन विक, विष्णु विक, नारायणी घर्ती, जित बहादुर विक हुनुहुन्छ भने सल्लाहकारमा इन्द्रबहादुर खड़का, बिनोद विक, चुमान सिंह केसी रहनु भएको छ ।
नव निर्वाचित समितिलाई राजमो जिल्ला उपाध्यक्ष ईमान सिंह खड़काले बधाई तथा शुभकामना दिनु भएको थियो ।
वीरमान विकको अध्यक्षता, विष्णु विकको स्वागत तथा ड्रोन रावलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।