काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जाी भएको छ । न्यायाधीश गिरीलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले अनुमति दिएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
हाल न्यायापरिषदमा कार्यरत गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी छन् । प्रहरीले वैवाहिक जबरजस्तीकरणीको जाहेरी लिएर थप अनुसन्धानका लागि न्यायाधीश गिरीलाई पक्राउ गर्न अनुमती माग गरेको हो।
उता श्रीमतीविरुद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ । उनीविरुद्ध सरकारी कागजात किर्तेको उजुरी दर्ता भएको छ । उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ ।