काठमाडौं । डोल्पामा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दार खोलामा खसेर बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जोशीराम रेग्मी बेपत्ता भएका हुन् ।
Advertisement
बिहीबार बेलुकी गस्तीकै क्रममा काइगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले जानकारी दिए ।
दैलेखको नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय रेग्मीको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।
मुड्केचुला गाउँपालिका– १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँमा बिहीबार साँझ गस्तीमा गएका थिए । त्यही क्रममा ३० मिटर तल
खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा झोला फेला परेको छ ।
पानी परिरहेको र खोँच रहेकाले खोजी कार्यमा समस्या भइरहेको पनि बुढाथोकीले बताए ।