धनगढी । नेकपा एमालेका नेता भीम रावलले एमालेका नेताहरुले घचेटिरहे आफूले नयाँ यात्रा थाल्ने बताउनुभएको छ ।
मंगलबार धनगढीमा पत्रकारहरुले एमाले छोड्न लाग्नुभएको हो भनी गरेको प्रश्नमा आफू आजका दिनसम्म पनि एमालेमै रहेको तर, नेताहरुले घचेटिरहे नयाँ पाइला चाल्न सक्ने बताउनुभयो ।
‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ। तर तँ अब एमालेको सदस्य बन्न मिल्दैन, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेटेक घचेट्यै गरेमा एमालेका इमानदार कार्यकर्ता र जनतासँग सोध्नेछु- त्यतिबेला किन घचेटी मागिरहने, उभिनुस् भन्ने जवाफ आएमा नयाँ पाइला चाल्न सक्ने सम्भावना छु’ उहाँले भन्नुभयो ।
रावलले अछाममा कार्यकर्ताबाट मिसन ग्रासरुटसम्बन्धी कार्यक्रम बिथोल्नु शीर्ष नेताहरुकै गल्ती रहेको दाबी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा रावलले लेख्नुभएको छ, ‘चैत १३ गते अछाम, साँफेबगरको एक कार्यक्रममा विष्णु पौडेलजीले मेरो विरूद्ध लगाउनु भएका आरोप निराधार छन्। ती आरोपमा कुनै तथ्य राख्न नसकि भ्रम छर्ने दुस्प्रयास गरिएको छ। उहाँको भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित छ ।सबै देशभक्त इमानदारहरू सजग रहौं ।’
चैत १३ गते अछाम, साँफेबगरको एक कार्यक्रममा विष्णु पौडेलजीले मेरो विरूद्ध लगाउनु भएका आरोप निराधार छन्। ती आरोपमा कुनै तथ्य राख्न नसकि भ्रम छर्ने दुस्प्रयास गरिएको छ। उहाँको भनाइ प्रतिशोध, निषेध र पूर्वाग्रहले ग्रसित छ ।सबै देशभक्त इमानदारहरू सजग रहौं ।
— Bhim Rawal, PhD (@BhimRawal179) March 27, 2023
सोमबार कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीका नेतासमेत सहभागी भेलालाई सम्बोधन गरेपछि रावल एमालेमा नरहने चर्चा बढेको छ।
धनगढीमा पत्रकार सम्मेलनका क्रममा उपाध्यक्ष पौडेलप्रति आक्रोश पोख्दै अछाममा २०४८ सालदेखि चुनाव लड्दै आएको बताए । रावलले कहिल्यै पनि कसैसँग टिकट नमागेको बताउँदै पौडेलतिर कटाक्ष गर्नुभयो ।
सोमबार एमाले उपाध्यक्ष विष्णु पौडेलसहित सहभागी कार्यक्रममा एकजना नेताले रावलको चर्को आलोचना गरेका थिए। त्यसपछि कार्यक्रममा सहभागी एमाले कार्यकर्ताले नै मञ्चमा कुर्सी र बोतल हानेर कार्यक्रम बिथोलिदिएका थिए।
उक्त घटनापछि मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई कटाक्ष गर्नुभएको हो ।