नवलपुर । राष्ट्रिय जनमोर्चा नवलपुरले संघीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
Advertisement
राजमोको देशब्यापी कार्यक्रम अन्तर्गत आइतबार गैँडाकोट नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।
त्यसक्रममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य दीपक पाण्डेले संघीयताका कारण महंगी र भ्रष्टाचार बढेको भन्दै खारेज गर्न अब ढिला गर्न नहुने उल्लेख गर्नुभयो ।
राजमोले संघीयतासँगै मंहगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको हो कार्यक्रमको सञ्चालन राजमो राष्ट्रिय परिषद सदस्य चन्द्र सापकोटाले गर्नुभएको थियो ।
यता, अखिल नेपाल किसान महासंघ (अफ्फा) नवलपुरले पनि कवासोतीमा विरोध प्रदर्शन गरेको छ । कावासोतीको फलफूल चोकमा संघीयता खारेजीसहित विभिन्न माग राखेर विरोध सभा गरिएको किसान महासंघले जनाएको छ ।