काठमाडौं । आगालागीमा परी घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई सरकारले उपचार गर्न ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ सहायता दिएको छ ।
Advertisement
फागुन ११ गते बसेको मन्त्रिपरिषद बैठकले उपचारमा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा सो रकम प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
गत महिना खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारीका आमाछोरा घाइते भएका थिए । आमाको उपचारको क्रममा निधन भएको थियो भने भण्डारीको भारतको भारतको मुम्बईमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सुधार भैरहेको छ ।
यस्तै, अर्थ मन्त्रालयले अन्य विभिन्न व्यक्तिहरुलाई समेत आर्थिक सहायता उपलब्ध गराएको छ ।