• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मानव अधिकारको गम्भीर उल्लङ्घनकर्तालाई आममाफी दिन बेपत्ता विधेयक : राजमो


  •   शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले द्वन्द्वकालका मानव अधिकारको गम्भीर उल्लङ्घनकर्तालाई आममाफी दिन बेपत्ता तथा सत्य निरुपणसम्बन्धी संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएको आरोप लगाएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ चैत ४ गते शनिबार जारी गरिएको प्रेसवक्तव्यमार्फत राजमोले सरकारमाथि यस्तो आरोप लगाएको हो ।

    प्रेसवक्तव्यमा “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९” ले द्वन्द्वपीडितलाई अन्याय गर्ने र दण्डहीनतालाई प्रश्रय दिने दाबी पनि राजमोले गरेको छ ।

    त्यस्तै, वक्तव्यमा संसद् नियमावली पारित नहुँदै, विषयगत समिति नबन्दै सांसदहरूको कुनै पनि विधेयकमाथि छलफल गर्न पाउने, संशोधन राख्न पार्ने सार्वभौम अधिकारसमेत कुण्ठित गरिएकोमा राजमोले विरोध जनाएको छ ।

    सो विधेयक संसद्मा टेबुल नगर्न सरकारसित आग्रह गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
    “सरकारले २०७९ फागुन २५ गते संसद् सचिवालयमा दर्ता गराएको “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९” प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ ।

    सरकारले संसद् सचिवालयमा दर्ता गराएको विधेयकको समग्र अध्ययनबाट हेर्दा विधेयकको मुख्य कमजोरी भनेको सशस्त्र द्वन्द्वको समयमा राज्य तथा माओवादी पक्षबाट नि:शस्त्र जनतामाथि भएको मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेलाई घुमाउरो प्रकारले आममाफी दिने रहेको छ । साविक ऐनले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषाभित्र समेटेको अपराधलाई प्रस्तावित विधेयकले मानव अधिकारको सामान्य उल्लङ्घनको वर्गीकरणभित्र राखेको छ । प्रस्तावित विधेयकमा मानव अधिकारको उल्लङ्घनलाई ‘सामान्य’ र ‘गम्भीर’ गरी दुई श्रेणीमा परिभाषा गरेको छ । प्रस्तावित विधेयकमा हत्या, अपहरण, यौनजन्य हिंसालगायतका लुटपाटलाई सामान्य मानव अधिकारको उल्लङ्घनभित्र राखेर पीडकलाई क्षमादान दिने कानुनी बाटो खोलिएको छ । एकातर्फ, सर्वोच्च अदालतको फैसला, हाम्रो पार्टीलगायत विभिन्न मानव अधिकारवादी सङ्घसंस्था र द्वन्द्वपीडितको विरोधका कारण मानव अधिकारको गम्भीर उल्लङ्घकर्तालाई सजाय दिने व्यवस्था गरिए जस्तो देखाएर प्रकारान्तरमा मानव अधिकारको गम्भीर उल्लङ्घनलाई मानव अधिकारको सामान्य उल्लङ्घनको कोटिभित्र राखेर अपराधीलाई क्षमादान दिने उद्देश्य विधेयकले बोकेको छ । प्रस्तावित विधेयकका व्यवस्थाहरू हेर्दा सरकार मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने अपराधीलाई आममाफी दिन खोजेको प्रष्टै छ । यो प्रस्तावित विधेयकले द्वन्द्वपीडितप्रति अन्याय गरेको छ र दण्डहीनतालाई प्रश्रय दिएको छ ।

    प्रतिनिधि सभा नियमावली अझैसम्म पारित भएको छैन । नियमावलीमा व्यवस्था भएबमोजिमका विषयगत समिति पनि बनेका छैनन् । विषयगत समिति गठन नहुँदै यस्तो विवादास्पद कानुन संसद्मा टेबुल गर्नाले सांसदहरूको विधेयकमा छलफल तथा विधेयकमा संशोधन प्रस्ताव राख्ने पाउने सांसदहरूको सार्वभौम अधिकारलाई कुण्ठित गर्दछ । त्यसैले प्रथमत: पीडकलाई क्षमादान दिने गरी सर्वोच्च अदालतको फैसला, द्वन्द्वपीडित, राष्ट्रिय मानव अधिकार आयोग, हाम्रो पार्टीलगायत मानव अधिकारवादी सङ्घसंस्थाको माग, अन्तर्राष्ट्रिय समुदायको चासोका विपरीत हुने गरी ल्याइएको विधेयक सरकारले फिर्ता लिनुपर्दछ । मानव अधिकारको गम्भीर उल्लङ्घनकर्तालाई सजायको दायरामा ल्याउने गरी नै कानुन बन्नुपर्दछ । द्वितीय, विषयगत समिति गठन नहुँदै सांसदहरूको अधिकार कुण्ठित हुने गरी कुनै पनि विवादास्पद विधेयक संसद्मा टेबुल नगर्न सरकारलाई जोड दिन्छौँ ।”

    शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.